६ जेष्ठ २०८१, आईतवार
विपन्न बालबालिकालाई पोशाक सहयोग  


राप्ती सोनारी २ मा विपन्न परिवारका २६ जना बालबालिकालाई बिधालय पोशाक वितरण गरिएको छ । राप्ती सोनारी २ अगैया निवासी युवा समाजसेवी नारायण डि।सि ले २६ जना विपन्न परिवारका बालबालिकालाई पोशाक सहयोग गरेका हुन ।

बुधवार  एक कार्यक्रमको आयोजना गरेर सहिद स्मारक आधारभूत विधालय खोरियाका १५ जना बिपन्न बालबालिका र नेरा मा.वि. अगैयाका ११ जना विपन्न बालबालिकालाई समाजसेवी डि.सि  ले आफ्नै लगानीमा पोसाक सहयोग गरेका हुन ।

राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तथा राप्ती सोनारी गाउँपालिका वडा न – २ का वडा अध्यक्ष ज्ञानेन्द्र राज वलि ज्ञानुको हात बाट उक्त पोसाक बाल बालिकाहरूलाई उपलब्ध गराएका हुन ।

पोसाक पायका बालबालिकाका अभिभावकले डि.सि. लाई धन्यवाद दिदै पढाईमा सजह हुने बताएका छन । समाजसेवी डि.सि.ले आगामी दिनमा सामाजिक कार्यमा निरन्तर अगाडि बढ्ने प्रतिवद्घता समेत जनाएका छन ।

Nabintech