२२ बैशाख २०८१, शनिबार
मल्ल र बस्नेतको सक्रियताले सफल मुख्यमन्त्री कोहलपुर गोल्डकप 


रेसिङ सहाराका क्लब कोहलपुरको आयोजनमा भई रहेको मुख्य मन्त्री कोहलपुर गोल्डकपका संयोजक हुन राम बहादुर मल्ल र सह संयोजक हुन कर्ण बस्नेत । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका कर्मचारी  र ट्रेड युनियनकर्मी मल्ल , गोरखा युनाइटेड स्कुल  तथा  समाजिक काममा अग्रसर रहने कर्ण बस्नेत फरक क्षेत्र भएपनि खेलप्रेमी हुन । उनीहरू दुवै कोहलपुरका अन्य समाजिक क्षेत्रमा पनि उतिकै क्रियाशील रहेका छन । 

कोहलपुरमा दोस्रो पटक गोल्डकप आयोजना हुँदै गर्दा थुप्रै अन्यौलता थियो । सबै अन्यौलता चिर्दै मल्ल र बस्नेतको सक्रियताले भव्य रूपले सफल भएको छ । उद्घाटन देखी हाल सम्म सेमिफाइनल सम्मका खेलहरू सम्पन्न भएका छन । विवाद रहित सभ्य र भव्य रूपले खेल अगाडि बढेको छ । बुधवार फाइनल खेल सँगै गोल्डकप समापन हुने छ । 


आर्थिक अभाव देखि फिल्ड व्यवस्थापन  , टिम व्यवस्थापन लगायत खुला चौरमा खेलाउनु पर्ने खेलमा आउनसक्ने थुप्रो चुनौतीहरू थिए ।
उनीहरूको सक्रियता सँगै कोहलपुर गोल्डकप संस्थागत भएर मुख्यमन्त्री कोहलपुर गोल्डकप बनेका क्लबका अध्यक्ष चक्र क्षेत्री बताउँछन । पहिलो पटक गोल्डकप सम्पन्न पछि  थुप्रो चुनौतीका बिच दोस्रो पटक गोल्डकप आयोजना गरिएको क्षेत्रीको भनाई छ । बाहिर बाट हेर्दा सहज देखिए पनि सफलतापूर्वक सम्पन्न गर्नु ठुलो चुनौती थियो क्षेत्री भन्छन् । सोही कारण सहजताका लागी क्लबले गोल्डकप आयोजक समिति गठन गरेको उनको भनाई छ । 

चुनौतीका बिच  परिमार्जित मुख्यमन्त्री कोहलपुर गोल्डकपमा अस्थाई प्याराफिट निर्माण , पुरस्कार रकम थप , खेलाडी तथा अफिसियल लाई एन्फाले तोकेको भत्ता , खेलमा फिफा रेफ्री , ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड , त्रिभुवन आर्मी क्लब लागतको सहभागिता रहेको भन्दै संयोजक मल्लले खुसी व्यक्त गरे  ।
मुख्यमन्त्री कोहलपुर गोल्डकपको कोहलपुरको नयाँ पहिचान भएको सह संयोजक कर्ण बस्नेतको बुझाई छ । यस ले खेलक्षेत्रमा थप आशा जगाएको उनी  बताउँछन । उनले नियमित प्रशिक्षण लगायतका गतिविधि भएमा यस क्षेत्रले खेलमा फड्को मार्ने उनको बुझाई छ । 


जिल्ला स्तरीय खेल प्रतियोगिताहरू आयोजना गर्दै आएको मैदानमा राष्ट्रिय र अन्य बाहिरी देशको समेत टिम आउने देखेर आफूहरूले भोलेन्टियर्ली सहयोग गरेको बस्नेत बताउँछन । क्लबका युवा साथीहरूको  सक्रियता देखेपछि सफलताका लागी सहयोग गरेका हौ उनले भने । 


रेसिङ सहाराका क्लब अध्यक्ष चक्र क्षेत्रीले कोहलपुर लाई फुटबल हव बनाउने सपना रहेको  बताउँछन् । नेपालको पूर्वी जिल्लाहरूमा फुटबलको जुन तहको विकास भएको छ पश्चिम क्षेत्रमा सम्भावना रहेर पनि हुन नसकेको उनको बुझाई छ । पहिलो पटक गोल्डकप आयोजना गर्दा आफूले लगाएको सुनको सिक्री र औंठी समेत बिक्री गरेको उनी सम्झन्छन् ।

यस पटक गोल्डकपमा आर्थिक श्रोत सुनिश्चित भएको भएपनि रकम निकासा नहुदाँ केही आन्तरिक असहजता भएको उनको भनाई छ । हरेक क्लब लाई खान बस्नको व्यवस्था र  खेली सकेपछि उनीहरूलाई एन्फाको नियम अनुसार भत्ता व्यवस्था गर्नुपर्ने नियम हुन्छ । सुरुमै पैसा चाहिने तर सरकारी निकायले कार्यक्रम सम्पन्न पछि मात्रै रकम निकासा गर्ने हुँदा असहजता रहेको उनको भनाई छ । खेलमा नगद पुरस्कार र भत्ता मात्रै  ४० लाख खर्च हुने अनुमान छ । 

Nabintech