२१ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकाले भूकम्प पीडितलाई दुई लाख बराबरको खाद्यान्न र औषधि दिने


कोहलपुरः बाँकेको कोहलपुर नगरपालिकाले भूकम्प पीडितलाई राहात दिने भएको छ । कोहलपुर नगरपालिकाले दुई लाख बराबरको खाद्यान्न र औषधि प्रभावित क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख पुर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलको अध्यक्षतामा आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा कोहलपुर नगरपालिकाको तर्फबाट तत्काल राहात स्वरुप दुई लाख बराबरको खाद्यान्न र औषधि उपलब्ध गराउने घोषणा नगर प्रमुख आचार्यले गर्नुभएको हो ।

प्राकृतिक प्रकोपबाट जुधिरहेका प्रभावित क्षेत्रका बासिन्दालाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले कोहलपुर नगरपालिकाले पनि सहयोग गरेको नगर प्रमुख आचार्यको भनाइ छ ।

‘प्राकृतिक विपदीले निम्त्याएको प्रकोपबाट भएको धनजनप्रति कोहलपुर नगरपालिका मर्माहद भएको छ नगर प्रमुख आचार्यले भन्नुभयो ‘दुखद यस घडिमा प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सहयोग र सहकार्यका लागि कोहलपुर नगरपालिका सँगै रहेको जानकारी गराउछु ।’

Nabintech