२१ बैशाख २०८१, शुक्रबार
भुकम्पबाट पीडितका लागि खजुरा गाउँपालिकाबाट औषधिसहित स्वास्थ्यकर्मी पठाइयो 


जाजरकोटका घाइतेको उपचारका लागि बाँकेको खजुरा गाउँपालिकाबाट तिन लाख बढीको स्वास्थ्य सामाग्री सहितको स्वास्थ्यकर्मीहरूको टोली जाजरकोट पठाइएको छ ।

खजुरा स्वास्थ्य शाखा प्रमुख दीपक ढकालको नेतृत्वमा स्वास्थ्यकर्मी जाजरकोट पठाएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले जानकारी दिए । शुक्रवार राती ११.४७ बजे जाजरकोटमा केन्द्रबिन्दु बनाएर आएको बिनासकारी भुकम्पको कारण जाजरकोट र पश्चिम रुकुममा अतुलनीय जन धनको क्षति भएकोमा अध्यक्ष बिकले दुख व्यक्त गरेका छन । उनले सम्पूर्ण मृतकहरूप्रति  श्रद्धाञ्जली तथा घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ । अहिलेसम्म प्राप्त तथ्यांक अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ६२ जनाको मृत्यु भएको हो । घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ । भूकम्पमा परी गम्भीर घाइते भएका रुकुम पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत र नेपालगन्ज ल्याइएको छ ।

Nabintech