२२ बैशाख २०८१, शनिबार
मुख्यमन्त्री कोहलपुर गोल्डकप सफलताको सारथी दयाराम सापकोटा 


रेसिङ सहाराका क्लब कोहलपुरको आयोजनमा कोहलपुरमा दोस्रो पटक गोल्डकप आयोजना भयो । फुटबलको सम्भावना भएपनि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना नभएको कोहलपुरमा गोल्डकप आयोजना गरिनु चानेचुने कुरा होइन । त्यसमा पनि प्रथम गोल्डकपको आयोजनामा झण्डै १८ लाख दायित्व बाँकी रहँदा  रहँदा रहँदै दोस्रो तथा मुख्यमन्त्री कोहलपुर गोल्डकप आयोजना हुनु कोहलपुर र बाँके बासीको लागी गौरवको कुरा हो । 

प्रथम र दोस्रो दुवै गोल्डकपका म्याच कमिसनर हुन दयाराम सापकोटा । सापकोटाले सामान्य जिल्ला स्तरका प्रतियोगिता आयोजना १३ बिगाहा मैदानमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलाडीको जमघट हुने स्थानको रुपमा विकास गराए र कोहलपुर र बाँके जिल्लाको नाम खेलाडी र खेल प्रेमी बिच चिनाउने काम गरे । २०७९ सालमा पहिलो पटक गोल्डकप आयोजना हुँदा निकै जोखिम पूर्ण तवरले खेलकुदको आयोजना गरेको उनी सम्झन्छन् । डोरी बाँधेर गरिएको घेराबार भित्र राष्ट्रिय स्तरका खेलाडी आउनै नचाहेको उनको भनाई छ । तर पनि आफ्नो पहलमा संकटा युवा क्लब , हिमालयन सेर्पा ,क्यामरुनको क्लब समेत आमन्त्रण गरेर खेल आयोजना गरिएको उनको भनाई छ । घेराबार बिना खोल आयोजना गरिनु जोखिम पूर्ण भएको उनको भनाई छ । तर कोहलपुर गोल्डकप दोश्रो संस्करण सम्म आइपुग्दा संस्थागत भइसकेको छ । 

कोहलपुर गोल्डकपको नाम परिमार्जन गरि मुख्यमन्त्री गोल्डकप नामाकरण गरिएको छ । जसको सञ्चालन र व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारले जिम्मेवारी लिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताए । यसका साथै परिमार्जित मुख्यमन्त्री कोहलपुर गोल्डकपमा अस्थाई प्याराफिट निर्माण , पुरस्कार रकम थप , खेलाडी तथा अफिसियल लाई एन्फाले तोकेको भत्ता , खेलमा फिफा रेफ्री , ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड , त्रिभुवन आर्मी क्लब लागतको सहभागिता हुनु लाई उपलब्धि मान्नु पर्ने सापकोटाको भनाई छ । उनले मुख्यमन्त्री कोहलपुर गोल्डकपकै कारण आँउदो खप्तड गोल्डकपमा रेसिङ सहारा क्लबले सहभागिता जनाउन पाउने , राम्रा खेलाडी लाई सहिद स्मारक ए बि र सि डिभिजन लिगमा सहभागिता जनाउनका लागी सहज हुने म्याच कमिसनर सापकोटाको भनाई छ ।

उनले कोहलपुर देखि पूर्वमा बुटवलमा तिलोत्तमा गोल्डकप र पश्चिममा खप्तड गोल्डकप आयोजना भई रहेको भन्दै कोहलपुर गोल्डकप आगामी दिनमा नेपालको नं १ गोल्डकपको रुपमा विकास गरिने उनले बताए । उनले अघिल्लो वर्ष घाटामा गएको भएपनि फेरी यस वर्ष पनि गोल्डकप आयोजना गरिनु क्लब र यसको नेतृत्वको ठुलो साहस भएको सापकोटाको भनाई छ । उनले क्लब अध्यक्ष चक्र क्षेत्री , गोल्डकपका आयोजक समिति संयोजक राम बहादुर मल्ल र सह संयोजक कर्ण बस्नेतका मेहनतले नै सफलताको मुख्य कारक रहेको बताए । उनले यही रफ्तार कायम रहे तेस्रो गोल्डकप निकै भव्य हुने आशा व्यक्त गरे । यस क्षेत्रका उद्योगी व्यवसायी , स्थानीय जनप्रतिनिधि , स्थानीय प्रशासन सबै धन्यवादका पात्र भएको उनको भनाई छ ।

 

बाँके खेलको निकै सम्भावना बोकेको क्षेत्र रहेको भन्दै गोल्डकपले थप आशा जगाएको उनी  बताउँछन । उनले नियमित प्रशिक्षण लगायतका गतिविधि भएमा यस क्षेत्रले खेलमा निकै फड्को मार्ने समेत बताए । दयाराम फुटबल यात्रा भने संघर्षमय छ । फुटबल खेलाडी , प्रशिक्षण , फुटबल क्लब निर्माण हुँदै अहिले उनी म्याच कमिसनरको रुपमा काम गर्दै आएका छन । उनी २०५८ साल सम्म फुटबल खेलाडी , त्यसपछि कोचको भूमिकामा रहे । उनी आफैले हालको चर्चित गोर्खा ब्वाइज  युनाइटेड क्लबको स्थापना समेत गरे । सो क्लबले मोफसल र राजधानीमा हुनै थुप्रै प्रतियोगिता जित हात परि सकेको छ । नेपालगञ्जमा आयोजना गरिएको प्रथम र दोस्रो गोल्डकपको विजेता समेत गोर्खा नै रहेको सापकोटा सम्झन्छन् । 

आशाको दियो : रेसिङ सहारा क्लब 

२०६८ सालमा स्थापना भएको रेसिङ सहारा क्लबले जिल्ला स्तरीय खेल प्रतियोगिताहरू आयोजना गर्दै आएको थियो । विभागीय टिम शसस्त्र प्रहरी बाट ए डिभिजन लिग खेलेका चक्र क्षेत्री  क्लबको अध्यक्ष बने उनले कोहलपुर लाई फुटबल हव बनाउने सपना देखे ।

२०७९ सालमा अध्यक्ष बनेका उनले सोही वर्ष पहिलो पटक कोहलपुर गोल्डकपको आयोजना गरे । खेल आयोजना मात्रै भएर खेलाडी उत्पादमा पनि क्लबको योगदान रहेको क्षेत्री बताउँछन । उनका अनुसार रेसिङ सहारा क्लबले उत्पाद गरेका ३ खेलाडी हाल भारतको उत्तर प्रदेश बाट अन्डर १९ गेम खेलिएका छन । निराजन शाही , गौतम चौधरी र अविनाश थाप उत्तर प्रदेश सरकारको तर्फबाट गेम खेलिरहेका हुन । यस अघि पनि विशाल बम , निरज चौधरी लगायतका खेलाडीहरू राष्ट्रिय स्तरको खेलमा सहभागी भई सकेका छन ।

अध्यक्ष क्षेत्रीले क्लबले हाल फुटबल एकेडेमी सञ्चालन गदै ८ वर्ष माथिका बाल बालिका लाई नियमित फूटबल प्रशिक्षण गराई रहेको बताए । पहिलो गोल्डकपमा झण्डै १८ लाख घाटामा जादा पनि दोस्रो पटक मुख्यमन्त्री कोहलपुर गोल्डकप आयोजना गर्न सघाउने सबै लाई उनले धन्यवाद दिए । कोहलपुर गोल्डकप लाई संस्थागत गर्दै मुख्यमन्त्री कोहलपुर गोल्डकप बनाउन मुख्य भूमिका खेल्ने राम बहादुर मल्ल,प्रशिक्षक जनक के.सि र कर्ण बस्नेत लाई उनले विशेष आभार समेत व्यक्त गरेका छन ।

Nabintech