२१ बैशाख २०८१, शुक्रबार
मुख्यमन्त्री कोहलपुर गोल्डकपको  तयारी पुरा

उद्घाटन खेल :आयोजक  रेसिङ्ग सहारा  कोहलपुर र चर्च ब्वाइज युनाइटेड काठमाण्डौ बिच दिउँसो २ बजे हुने



बाँकेको कोहलपुरमा सञ्चालन हुन गइरहेको मुख्यमन्त्री कोहलपुर गोल्ड कपको सम्पूर्ण तयारी पुरा भएको छ ।

कार्तिक १५ गतेदेखि २२ गते सम्म सञ्चालन हुने मुख्यमन्त्री कोहलपुर गोल्डको तयारी पुरा भएको आयोजक रेसिङ्ग सहारा क्लब कोहलपुरले जनाएको हो । मुख्यमन्त्री कोहलपुर गोल्डको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बुधबार उद्घाटन गर्ने कार्यक्रम रहेको गोल्ड कपका खेल संयोजक राम बहादुर मल्लले जानकारी दिए ।

उद्घाटन समारोह पश्चात हुने उद्घाटन खेल आयोजक क्लब कोहलपुर रेसिङ्ग सहारा क्लब कोहलपुर र चर्च ब्वाइज युनाइटेड काठमाडौं बिच दिउँसो २ बजे हुनेछ । नकआउट चरण अन्तर्गत खेलिने खेलमा विजेता टिमले आठ लाख रुपैयाँ नगद सहित मेडल र उपविजेता टिमले ४ लाख नगद सहित मेडल पाउने छन ।कोहलपुर गोल्ड कपका खेल संयोजक मल्लका अनुसार दर्शक व्यवस्थापनका लागि ३ हजार दर्शक अटाउने क्षमताको अस्थाई प्याराफिटको काम भइरहेको छ भने मैदानलाई चारै तर्फ बाउन्ड्री गरिएको छ ।

खेल मैदानमा दुई वटा मुख्य प्रवेशद्वार र दुई वटा आपतकालीन द्धारको निर्माण कार्य सम्पन्न भएको छ । अस्थाई शौचालय सँगै नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घुम्ती शौचालयको ब्यवस्था, पिउने पानीको ब्यवस्था, वृद्ध तथा अपाङ्गहरूको लागी छुट्टै बसाइ व्यवस्थापन गरिएको र प्रत्येक खेलाडीको बिमा पनि गरिएको संयोजक मल्लले बताए ।पत्रकारहरूको जिज्ञासामा राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेश सदस्य सचिव जय प्रसाद भट्टराईले खेल सञ्चालनको दौरान राखेपको नियमन रहने बताए ।

सुरक्षा, खेलको नियमको अनुगमन समेत राखेपले गर्ने भन्दै भट्टराईले खेलका क्रममा कुनै समस्या आईपरेमा प्रदेशले समेत हेर्ने बताए । बाँकेको कोहलपुरमा हुन गइरहेको गौरवको खेल मार्फत बाँकेको पर्यापर्यटन  गन्तव्यको समेत प्रचार प्रसार गर्न पत्रकारहरूले आयोजक क्लबलाई सुझाब दिएका छन ।उद्घाटनको पूर्व सन्ध्यामा खेल तयारी बारे जानकारी दिने एक औपचारिक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेश सदस्य सचिव जय प्रसाद भट्टराई, राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेश सदस्य नरेन्द्र थापा, राष्ट्रिय खेलकुद परिषद सदस्य एलबी क्षेत्रि, राष्ट्रिय म्याच कमिस्नर दयाराम सापकोटा, कोहलपुर नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरू, राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

मुख्यमन्त्री कोहलपुर गोल्ड कपमा आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लब बाँके, चर्च ब्वाइज युनाइटेड काठमाडौं, गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी क्लब काठमाडौं, बि एफ सि चितवन क्लब चितवन, एभिनियर एफसी क्यामरुन दधौली स्पोर्ट्स क्लब सिन्धुली सहित जम्मा ८ टिम सहभागि हुनेछन् ।

Nabintech