२२ बैशाख २०८१, शनिबार
कोहलपुर २ को मनकामना चोक क्षेत्रमा पाइप लाइन बिस्तारको काम सुरु 


लामो समय देखि पैसा बुझाएर  पनि खानापानीको धारा जोड्न नपाएका कोहलपुर २ मुक्ति नगर, मनकामना चोक र विकास  नगर क्षेत्रमा पाइप लाई बिस्तारको काम सुरु भएको छ । कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेक नारायण भुसाल सो स्थानहरूमा बिहीबार बाट काम सुरु भएको जानकारी दिए । उनका अनुसार दसैँ भन्दा अगाडि मनकामना ,मुक्ति नगरमा धारा जोड्ने तयारी भई रहेको छ । 

कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाका सचिव गोविन्द वाग्लेका अनुसार क्षेत्रका झण्डै ७ सय उपभोक्ताले धारा जडान शुल्क बुझाएर पनि धारा जडान गर्न पाएका थिएनन्  । नयाँ कार्य समिति निर्वाचित भए पछि सो क्षेत्रमा पाइप लाइन बिस्तारको काम सुरु गरिएको हो । कोहलपुर नगरपालिका वडा नं २ का अध्यक्ष हरि सिह कठायतले छिटो पाइप लाई बिस्तारको काम तदारुकताका साथ गरेको भन्दै धन्यवाद दिएका छन ।

Nabintech