२२ बैशाख २०८१, शनिबार
थारू कलाकार मञ्च बाँकेको दोस्रो अधिवेशन 


थारू कलाकार मञ्च बाँकेका दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । थारू कलाकार मञ्च बाँकेका अध्यक्ष सोहनलाल थारूको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट रामु चौधरीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ ।

बरिष्ठ उपाध्यक्ष लक्ष्मी चौधरी, उपाध्यक्ष श्रीदेवी थारू, सचिव देवदास चौधरी, सहसचिव संजिता कुशुम्या, कोषध्यक्ष अमृता थारू रहेकाछन् । दीपक थारू, दितेन थारू, निर्मला चौधरी, बिकेश चौधरी सदस्यमा चयन भएका छन् । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य दुर्गा चौधरीले कलाकारहरूको भाषा संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान हुने भएकाले सबैले सम्मान गर्नु पर्ने बताए ।

यस्तै शुभकामना मन्तव्य दिदै लुम्बिनी प्रदेश सदस्य सन्जु चौधरीले थारू कलाकारहरूलाई जोगाउने सबैको दायित्व रहेको बताइन् । आगामी दिनमा कलाकारहरूलाई अगाडि बढाउन प्रतिबद्ध समेत उनले व्यक्त गरिन् । अब कलाकारहरू आफ्नो  कला संस्कृतिलाई व्यवसायिकरण गर्न समेत, उनले सुझाव दिइन् । यस्तै थारू कलाकार मञ्चका केन्द्रिय अध्यक्ष विनय वैद्यले थारू कलाकारहरूको गीत सङ्गीतमा करोडौं रुपैयाँ लगानी भएपनि राज्यले हेर्ने दृष्टिकोण फारक रहेको बताए ।

अहिलेसम्म थारू कलाकारहरूलाई राज्य सहयोग नगरेको उनले गुनासो गरे । यस्तै थारू कल्याणकारिणी सभा बाँकेका सभापति बिनोद थारूले कलाकारहरू राजनीतिक रुपमा पनि सफलता प्राप्त गर्दै आएकाले उनीहरूलाई राजनीतिक तर्फ पनि अगाडि बढाउनु पर्ने बताए । शुभकामना मन्तव्य दिर्दे अतिथिहरूले कलाकारहरू थारू भाष संस्कृति संरक्षण तथा प्रवर्द्धनमा ठुलो योगदान पु¥याउदै आएकाले प्रशंसा समेत व्यक्त गरेका थिए ।

संघले थारू भाष संस्कृति संरक्षणमा योगदान पु¥याएका बिभिन्न समुदायका ८ जनालाई कदर पत्र सहित सम्मान समेत गरेको छ । सम्मानित हुनेहरूमा छेदा थारू, गणेश दहित, बिनोद थारू, नवराज सुवेदी, दुर्गा रानामगर, लक्ष्मी चौधरी, कृष्ण राज अधिकारी र नयाँ सृजना युवा क्लबलाई कदर पत्र सहित सम्मान गरिएको छ । यस्तै कार्यक्रमका १० जना अतिथिहरूलाई मायाको चिनो स्वरुप थारू पहिचान झल्काउने गोलरा बाट प्रदान गरिएको थियो

Nabintech