२१ बैशाख २०८१, शुक्रबार
नेपालगञ्जमा दिनभर निषेधाज्ञा, राती कर्फ्यु 

शनिबार बिहान ९ देखि राती ८ सम्म निषेधाज्ञा, राती ८ देखि २१ गते बिहान ४ सम्म कर्फ्यु



नेपालगञ्जमा जारी कर्फ्यु र निषेधाज्ञामा स्थानीय प्रशासनले केही हेरफेर गरेको छ । बाँके प्रशासनले २० गते शनिबार बिहान ९ बजेदेखि राती ८ बजेसम्म नेपालगञ्ज नगर क्षेत्रभित्र निषेधाज्ञा र राती ८ बजेदेखि २१ गते बिहान ४ बजेसम्म सोही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

यसअघि सो क्षेत्रमा राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु र बिहान ६ देखि राती ८ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि गत मंगलबार देखि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश र निषेधाज्ञामा केही खुकुलो पार्दै लगेको होे

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा शनिबार बिहान जारी विज्ञप्तिमा असोज २० गते बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म नेपालगञ्जमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोड को इन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२० को दफा ६ ( क) ९१० ९३० बमोजिम निषेधाज्ञा जारी गरिएको छ । यसअघि बिहान ६ बजेदेखि नै निषेधाज्ञा जारी भएको थियो ।

२०८० असोज २० गते राती ८ बजेदेखि असोज २१ गते बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रमा भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पलेट, जस्ता प्रचार सामाग्री प्रयोग गर्न टाँस्न नपाइने, हुलमा जम्मा हुन वा एकठाँउमा ५ जना भन्दाबढी जम्मा हुन नपाउने गरी निषेधाज्ञासमेत जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जिल्लामा शान्ति सुव्यवस्था कायम गर्नका लागि सबैमा अपिल गरिएको छ ।

Nabintech