२६ बैशाख २०८१, बुधबार
रझेना खानेपानी निर्वाचन : एक वर्ष भित्र पानी शुद्धिकरण प्लान्ट जडान गरि शुद्ध पानी खुवाउने छौ :अध्यक्षका उम्मेदवार दोर्ण प्रसाद जैसी 


कोहलपुरमा सामाजिक क्षेत्रमा सबैले सुनेको र चिनेको नाम हो दोर्ण प्रसाद जैसी , कोहलपुर नगरपालिका वडा नं ३ का स्थाई बासिन्दा जैसी लाभ रहित तरिकाले सामाजिक काममा जोडिने गर्दछन् ।

कोहलपुर नगरपालिका वडा नं ३ र ४ मा निर्माण गरिएको पशुपति नाथ मन्दिर , कोहलपुर नगरपालिका वडा नं ३ मा निर्माण गरिएको हनुमान मूर्ति तथा राम सिता र लक्ष्मणको मन्दिर निर्माणमा नेतृत्व लिए । पशुपतिनाथ मन्दिरमा श्रृगार भवन निर्माणका लागी ११ लाख २५ हजार व्यक्तिगत दान गर्नुका साथै महायज्ञ सञ्चालन गरि त्यसको संयोजनको भूमिका लिए । 

हनुमान मन्दिरमा ७५ फिट अग्लो मूर्ति र मन्दिर निर्माणका लागी व्यक्तिगत रुपमा ५१ लाख रुपैयाँ सहयोग गरे । कोहलपुरको वडा नं ३ र ४ मा हुने हरेक समाजिक तथा मानवीय काममा उनको कुनै न कुनै भूमिका रहने गरेको छ । कोहलपुरमा रहेको बागेश्वरी क्यापसमा सञ्चालित महायज्ञ र बैजनाथमा रहेको समावेशी स्कुल भवन निर्माणमा पनि उनले सहयोग गरे ।

उनै समाजिक व्यक्तित्व दोर्ण जैसी नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूको साझा उम्मेदवारका रुपमा रझेना खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षका पदका लागी साझा समावेशी प्यानल  बाट उम्मेदवार बनेका छन ।

हाल १ हजार २ सय ५९ उपभोक्ता सदस्य रहेको समितिमा कतिपयको धारा जडान भएको छैन भने २ हजार उपभोक्ता रहने अनुमान रहेकोमा कतिपय स्थानमा पाइप बिस्तारको काम हुन बाँकी छ । २ वटा प्यानल सहित यही असोज १६ गते हुन लागेको निर्वाचनका सन्दर्भमा जैसी सँग खानेपानी संस्थामा निर्वाचन भएपछिका योजनाका बारेमा गरिएको कुराकानी :

१ रझेना खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षका पदका लागी तपाईंको उम्मेदवार किन ? 

म मात्रै होइन कोहलपुर ३ र ४ मा क्रियाशील राजनैतिक दलका तर्फबाट साझा अध्यक्षको उम्मेदवारका रुपमा म चुनावी मैदानमा छु । हाम्रो मुख्य प्राथमिकता भनेको संस्थामा पिउन योग्य पानी वितरणका लागी पानी शुद्धिकरण प्लान्ट जडान गर्ने हो ।

साथै आयोजनाको डिपिआर क्षेत्र भित्र यस अघि ३९ किलोमिटर पाइप बिच्छाउने काम भएको र अझै २२ किलोमिटर पाइप बिच्छ्याएर कोहलपुर ३ र ४ का आम उपभोक्ता लाई सुलभ मूल्यमा शुद्ध खानेपानी पुर्याउने उद्देश्यका साथ चुनावी मैदानमा छौ । हामी विजय भएको खण्डमा आगामी १ वर्ष भित्र सो काम पुरा गर्ने प्रतिबद्धता छ । साथै हाम्रो टिम बिजयी भएमा सार्वजनिक स्थल मन्दिर , विद्यालय , चोक चौतारीहरूमा  निशुल्क खानेपानीको धारा जडान , विपन्न तथा असहाय परिवार लाई निशुल्क धारा जडान गरिने छ । 

१५ युनिट सम्म १ सय रुपैयाँ मासिक शुल्क काय गर्ने , संस्था बाट कुनै किसिमका भत्ता तथा सेवा सुविधा नलिने प्रतिबद्धता हाम्रो छ । आर्थिक पारदर्शिता , धार मर्मतको गुनासो आएमा ३ घन्टा भित्र मर्मतको काम गरि सक्ने गरि प्राविधिकको व्यवस्था गर्ने छौ । दैनिक ८ घन्टा पानी बितरण गर्ने लगायतका हाम्रा प्रतिबद्धता छन । 

यस क्षेत्रका बौद्धिक व्यक्तित्व , समाजिक अगुवा र विज्ञ समेतको सल्लाह र सुझावका आधारमा हामिले रझेना खानेपानी लाई नमुना खानेपानी आयोजना बनाउने लक्ष्य सहित चुनावी प्रतिस्पर्धामा छौ । 

२. योजना त थुप्रा सुनाउनु भयो । टुङ्गोमा पुर्याउने आधार के के हुन ? 

हामीले  निर्वाचनमा होमिए लगतै खानेपानीका समस्या समाधानका लागी समन्वयात्मक प्रयास सुरु गरि सकेका छौ । कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले रझेना खानेपानी लाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता हामी सँग जनाउनु भएको छ ।

प्रदेश सरकार र संघीय सरकार सँग पनि हामिले समन्वयात्मक काम अगाडि बढाएका छौ हामिले गरेका प्रतिबद्धता हरू हामिले १ वर्ष भित्र पुरा गर्ने छौ । हामी सेवाको भावले  संस्थाको नेतृत्वका लागी आगाडि आएकाले आम उपभोक्ताले हामी लाई विश्वास गर्नु हुनेछ र प्रतिबद्धता अनुसारको काम पुरा गर्न हामी सफल हुने छौ । हामी अहिले हाम्रा प्रतिवद्धताहरू सहित मत माग्न व्यस्त छौ ।

३ .उपभोक्ताको प्रतिकृया कस्तो पाउनु भएको छ ? 

हामी निकै उत्साही छौ , उपभोक्ताहरूले हाम्रा प्रतिबद्धता र विगतमा गरेको सामाजिक योगदानका आधारमा तपाईँहरू लाई अमूल्य मत दिएर बिजयी गराउँछौ भन्ने प्रतिबद्धता जनाउनु भएको छ । बिजयी भएपछि हामिले साझा रुपमा आम उपभोक्ताको हितमा काम गर्नेछौ । 

४. अन्त्यमा आम उपभोक्ता लाई के आग्रह गर्न चाहनुहुन्छ ?

यस अघिका अध्यक्ष विष्णु प्रसाद खरेल लगायतको टिमले असाध्यै मेहनत गरेर रझेना खानेपानी लाई यो स्थान सम्म ल्याई पुर्याउनु भएको छ । हामी निर्वाचन भए पछि उहाँले अगाडि सारेका योजना लाई पूर्णता दिदै हामिले गरेका प्रतिबद्धता अनुसारको काम अगाडि बढाउने छौ ।

त्यसका लागी  रझेना खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ,कोहलपुर ३ र ४ को यही असोज १६ गते मङ्गलबारका दिन हुन गइरहेको निर्वाचनमा समावेशी साझा प्यानलका सम्पूर्ण उम्मेदवारहरू अध्यक्ष पदमा म दोर्ण प्रसाद जैसी लाई चुनाव चिन्ह ( बल ) ,उपाध्यक्ष गोपाल प्रसाद अधिकारीलाई चुनाव चिन्ह ( मान्छे ) , सचिव  दान प्रसाद त्यूरे लाई चुनाव चिन्ह ( कमलको फुल ) कोषाध्यक्ष निर्मला शर्मा लाई चुनाव चिन्ह ( चियाको कप ) र सदस्यहरूमा क्रमश टेक प्रसाद न्यौपाने ( अटोरिक्सा ), विजया योगी ( कुखुराको भाले ), डम्बर बहादुर खत्री ( ताला चाबी ), दुर्गाप्रसाद रेग्मी   ( हात्ती ) र लालबहादुर बस्नेत ( घोडा)चिन्हमा मतदान गरि सम्पूर्ण प्यानल लाई बिजयी गराई दिनुहुन अनुरोध गर्दछु । 

 

Nabintech