२३ बैशाख २०८१, आईतवार
नेकपा माओवादी केन्द्र कोहलपुर ५ को बिस्तारित भेला सम्पन्न

अध्यक्षमा धिताल चयन



कोहलपुर असोज ३ । नेकपा माओवादी केन्द्र कोहलपुर वडा नँ ५ को बिस्तारित भेला सम्पन्न भएको छ ।
बुधवार भएको वडाको बिस्तारित भेलाले १७ सदस्यीय नयाँ समिती गठन गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पार्बती पुन उषाको प्रमुख आथित्यतामा सम्पन्न उक्त भेलाले मेघलाल धितालको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको हो । जसमा उपाध्यक्ष कोमलराज पाठक सचिव चन्द्र बहादुर सुनार कोषाध्यक्ष ससिकला सार्की रहेकाछन । यस्तै सदस्यहरुमा हिमलाल चौधरी जमुना चन्द रिम बहादुर चन्द सीता थारु कल्लु थारु मोहमद अली बासुदेब भण्डारी हिम बहादुर बि क नितु शाही ब्रमन बुढा कल्पना पुन हरि बहादुर सिह रहेकाछन ।
वडाको बिस्तारित भेला लाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य  पार्वती पुन उषाले जनताका सवालमा वडा पार्टी एक ढिक्का हुनुपर्ने बताउदै माओवादीका कारण प्राप्त उपलब्धिहरुका बारेमा जनतालाई बुझाउनुपर्ने बताईन । संविधान दिवशको शुभकामना दिदै उनले माओवादीको त्याग र समर्पणले प्राप्त उपलब्धिको रक्षाका लागि अग्रसर हुनुपर्ने बताईन । कार्यक्रममा नेकपा माओवादी केन्द्रका बाँके अध्यक्ष नरेन्द्र पाण्डे जेम्स लुम्बिनी प्रदेस समिति सदस्य हरु दिपेन्द्र शाह युगान्त अवराज खडका जिल्ला समन्वय समिति बाँकेका सदस्य अशोक पोख्रेल जेष्ठ कम्युनिष्ट मंचका कोहलपुर संयोजक तेज प्रसाद चापागाँई लगायतले प्रशिक्षण दिएका थिए  । नव गठित वडा समितिले आगामी बैठकबाट केही सदस्य थपगर्ने जनाएको छ ।

Nabintech