२३ बैशाख २०८१, आईतवार
जनयुद्ध र जनआन्दोलनकै बलमा निर्माण गरीएको संविधान विश्वकै उत्कृष्ट : न्यौपाने

संविधान दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न



३ असोज, बर्दिया । नेकपा माओपादी केन्द्रले रचनात्मक क्रियाकलाप आयोजना गरी संविधान दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र बारबर्दिया नगर सकिटी बर्दियाले बुधबार हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरी संविधान दिवस मनाएको हो ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान संचालन गर्दै आईरहेको माओवादी केन्द्रले संविधान दिवसको अवसरमा पालिका स्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । बारबर्दिया नगर कमिटि अभियान संयोजक नरेन्द्र न्यौपानेका अनुसार प्रतियोगितामा नगर भित्रका १० वटा टिमले सहभागी जनाएका थिए ।

सहभागी टिममध्ये २ नं. वडाको टिम प्रथम, वडा न.५ को टिम द्धितिय तथा वडा न. ९ को टिम तेस्रो हुन सफल भएका छन । प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय स्थान हासिल गर्ने सहभागीहरुलाई नगद पुरस्कार प्रदान गरीएको न्यौपानेले बताए । कार्यक्रममा बोल्दै नगर संयोजक न्यौपानेले जनयुद्ध र जनआन्दोलनकै बलमा निर्माण गरीएको संविधान विश्वकै उत्कृष्ठ रहेको बताएका थिए । उनले नेपालमा संविधान कार्यान्वयनकै चरणमा रहेकाले उल्लेख गर्दै संविधानमा देखिएका कतिपय समस्याहरु बिस्तारै संसोधन गरेर अघि बढ्नुपर्ने बताए । कुनै पनि संविधान आफैमा पूर्ण नहुने जिकिर गर्दै न्यौपानेले समय समयमा त्यसलाई परिमार्जन गर्दै लैजानुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं बर्दिया ईन्चार्ज पूर्णाकुमारी सुवेदी, प्रदेश कमिटि उपाध्यक्ष एवं बारबर्दिया नगरपालिकाका पूर्व मेयर दुर्गा बहादुर थारु (कबिर), लुम्बिनी प्रदेश सदस्य दामोदर अधिकारी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशका मुख्य सचिव राजेन्द्र विष्ठ लगाएत नेता कार्यकर्ताहरुले उल्लेख्य सहभागीता रहेको थियो ।

Nabintech