२२ बैशाख २०८१, शनिबार
संविधान दिवसकाे अवसरमा डेविट निर्माण सेवा सम्मानित


बर्दिया । नवाैं संविधान दिवसका अवसरमा काेहलपुरकाे डेविट निर्माण सेवा सम्मानित भएकाे छ । बर्दियाकाे बारबर्दिया नगरपालिकाले नगरपालिका क्षेत्रभित्र उत्कृष्ट कार्यसम्पादन गरेकाे भन्दै संविधान दिवसकाे अबसरमा डेविट निर्माण सेवा काेहलपुरलाई सम्मानित गरेकाे हाे ।

संविधान दिवसका अवसरमा आयाेजित विशेष समाराेहका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश साँसद जन्मजय तिमल्सिना, बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारू, पुर्व मेयर दुर्गा बहादुर थारू (कबिर) ले संयुक्त रूपमा डेविट निर्माण सेवाका संचालक दामाेदर अधिकारीलाई सम्मान-पत्र सहित दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मानपछि प्रतिक्रिया दिदै बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूले नगरपालिकाभित्र भाैतिक निर्माण कार्यमा अति उत्कृष्ट कार्यसम्पादन गरेकाले सम्पादित कामकाे उच्च मुल्यांकन गर्दै डेविट निर्माण सेवालाई सम्मान-पत्र प्रदान गरीएकाे बताए ।

कार्यक्रममा नगरपालिकाका उत्कृष्ट कर्मचारीहरूलाई समेत सम्मानित गरीएकाे थियाे ।

कार्यक्रमका सहभागीहरूले नेपालकाे संविधान विश्वकै उत्कृष्ट रहेकाे दाबी गरेका थिए । संविधानमा देखिएका केही समस्याहरूलाई समयसापेक्ष रूपमा संसाेधन गर्दै लैजानुपर्ने बताउँदै वक्ताहरूले जनताकाे ठुलाे त्याग र समर्पणबाट निर्माण गरीएकाे संविधानकाे रक्षाकालागि सबै एकजुट हुनुपर्ने समय आएकाे बताए ।

Nabintech