२१ बैशाख २०८१, शुक्रबार
अनेमसंघ (क्रान्तिकारी)द्वारा तिजकाे अवसरमा रक्तदान


नेपालगन्ज/ अखिल नेपाल महिला संघ क्रान्तिकारी नेपालगन्ज नगर समितिले तिजकाे अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
साेमवार आयोजना गरिएको रक्तदानमा चालीस जनाले रगतदान गरेकाे नगर समिति अध्यक्ष मिना डाँगीले जानकारी दिइन । बिरामीकाे जीवन बचाउनका लागि तिज अवसर पारेर कार्यक्रम गरिएको हो ।
कार्यक्रम महिलाहरुले तिजलाई महिला अधिकारसंग जाेडेर लैजानुपर्नेमा जाेड दिएको डाँगीले बताइन । कार्यक्रम नेकपा माओवादी केन्द्रका बाँके इन्चार्ज कुलप्रसाद केसीकाे प्रमुख आतिथ्यतामा भएको हाे ।

Nabintech