२१ बैशाख २०८१, शुक्रबार
शमशेरगन्ज बस दुर्घटना : माओवादी केन्द्रका नेता कविरले घाईते सँग भेट गरे 


बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्ज भएको बस दुर्घटनाका घाईते यात्रुहरू लाई माओवादी केन्द्रका नेताहरूले भेट गरि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन ।

माओवादी केन्द्रका युवा नेता लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारू कविर , ठाकुरबाबा नगरपालिकाको निर्वतमान उपप्रमुख कृष्ण कुशुम्या थारू , युवा नेता लक्ष्मी प्रसाद शर्मा आकास , सुरेश पन्थ लगायतको टोलीले भेट गरि स्वास्थ्य अवस्था बारे जानकारी  लिएको हो । घाईते , उनका आफन्त र अस्पताल प्रशासन सँग पनि घाइतेको अवस्था र उपचार बारे जानकारी लिइएको कविरले जानकारी दिए । पार्टीको ३ महिने अभियान क्रममा बाँकेमा रहेका कविरले अस्पताल पुगेर घाईते संग भेट गरेका हुन । 

दाङबाट बर्दिया तर्फ जादै गरेको ना ७ख २३२१ नम्बरको बस बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्ज पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको थियो  । दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका –९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६० वर्षीय सानुराम थारू, चालक ४५ वर्षीय जुगबहादुर चन्द र बारबर्दिया नगरपालिका–७ बस्ने ३४ वर्षीय सहचालक वसन्त कार्की गरी ७ जनाको मृत्यु भएको हो ।

घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दाङबाट बर्दियातर्फ फर्कँदै गरेको ठाकुरबाबा स्थित बेतनी सामुदायिक वन उपभोक्ता समूहको टोली दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।  दुर्घटनामा २ जना गम्भिर सहित १४ जनाको अस्पतालमा उपचार भई रहेको छ । १३ जना मेडिकल कलेज कोहलपुर र १ जनाको काठमाण्डौमा उपचार भई रहेको प्रहरीको भनाई छ । केही सकुशल रहेको र केही सामान्य उपचार पछि घर फकिएको प्रहरीको भनाई छ ।

Nabintech