२१ बैशाख २०८१, शुक्रबार
युवा नेता रूद्र खनाल माओवादी केन्द्रमा प्रवेश


नेकपा एमाले बाँकेका युवा नेता रूद्र खनाल माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य एवं अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य समेत रहेका खनाललाई शनिबार एक कार्यक्रमका बिच नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं बाँके इन्चार्ज कुल प्रसाद केसी (सोनाम) तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कोहलपुर इन्चार्ज दामा शर्माले पार्टी प्रवेश गराएका हुन । 

शनिबार कोहलपुरमा आयोजित विशेष कार्यक्रममा खनाललाई पार्टी प्रवेश गराउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले क्रान्तिकारी बिचार बोक्नेहरू एक ठाँउमा आउने क्रम जारी रहेको बताए । उनले खनाललाई पार्टीमा स्वागत गर्दै जिम्मेवार भूमिका सहित जनताको माझमा पठाइने बताए । 

यसअघिको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट कोहलपुर नगरपालिका वडा नं. १ को वडाध्यक्षका प्रत्यासी खनाल हालै सम्पन्न कोहलपुर वृहत शहरी तथा सरसफाइ संस्थाको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनेका थिए । युवामाझ लोकप्रिय छवि बनाएका खनाल चलचित्र निर्माणमा समेत सक्रिय रहँदै आएका छन ।

Nabintech