२१ बैशाख २०८१, शुक्रबार
गोरखा युनाइटेड पब्लिक स्कुलको २२ औं वार्षिक साधारण सभा


गोरखा युनाइटेड पब्लिक स्कुलको २२ औं वार्षिक साधारण सभा शनिवार विद्यालयको सभा हलमा सम्पन्न भएको छ ।

विद्यालयका आधिकांश सञ्चालक तथा सेयरधनीहरू  बेलायत  तथा अन्य देशहरूमा रहनुभएका कारण  प्रत्यक्ष तथा अप्रत्यक्ष अनलाइन माध्यमबाट सहभागिता जनाई भएको विद्यालयको २२ औं वार्षिक साधारण सभामा विद्यालयको आगामी पञ्चवर्षीय कार्य योजनामा विस्तृत रूपमा छलफल गर्दै कार्यान्वयन गर्ने गरि भब्य रूपमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरको अध्यक्षतामा आयोजित २२ औं वार्षिक साधारण सभा गोरखा युनाइटेड पब्लिक स्कुलका बिभिन्न शैक्षिक तथा भौतिक प्रगतिका बारे सञ्चालक एवं शेयरधनी माझ प्रस्तुत समेत गरिएको थियो ।

विद्यालयले हाल प्लस टु सम्ममा विज्ञानव्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको छ भने आफ्नै लगानीमा कृषि स्नातक तहमा पढाईका लागि गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टरको स्थापना गरि कृषि विज्ञान सङ्कायमा बिएस्सी एजी समेत अध्यापन गराउँदै आएको छ ।

Nabintech