२६ बैशाख २०८१, बुधबार
कोहलपुर खानेपानीको निर्वाचन : तीनवटा प्यानल बिच प्रतिष्पर्धा हुने


बाँकेको कोहलपुरमा रहेको खानेपानी संस्थाको निर्वाचनका लागि तिन वटा प्यानलले मनोनयन दर्ता गराएका छन ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अध्यक्षमा ३ , उपाध्यक्षमा ४ , सचिवमा ३ , सह सचिवमा ३ , कोषाध्यक्षमा ३ र सह कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने निश्चित देखिएको छ । संस्थाको नेतृत्वका लागि नेपाली काङ्ग्रेसले अगाडि सारेका टेक नारायण भुषाल , चार दलीय गठबन्धन एमाले , माओवादी , एकीकृत समाजवादी र राप्रपाको संयुक्त गठबन्धनबाट रुद्र प्रसाद खनाल र स्वतन्त्र प्यानलको तर्फबाट विष्णु प्रसाद तिवारीले उम्मेदवारी दर्ता गराएका छन ।

टेक नारायण भुषाल प्यानल बाट उपाध्यक्षमा बिर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुव्र आचार्य, सह सचिवमा ईश्वर शर्मा, सह कोषाध्यक्षमा बालकुमारी सापकोटा, सदस्यहरूमा झग्गु प्रसाद वली, चक्र दीप शाह, आशा घर्ती मगर तथा महिला सदस्यमा दिपा बस्नेत र टिकादेवी सुनारले मनोनयन दर्ता गराएका छन । आफ्ना शुभेच्छुक सहित निर्वाचन कार्यालयमा पुगेका उनीहरूले सबै भन्दा पहिले मनोनयन दर्ता गरेका थिए ।

त्यसैगरी साझा समावेशी प्यानलका तर्फबाट अध्यक्षमा रुद्र प्रसाद खनाल, उपाध्यक्ष यम बहादुर रावत, सचिव रामकृष्ण पाण्डे, सह सचिव यशोदा थापा, कोषाध्यक्ष नारायणी वली, सह कोषाध्यक्ष रेशम सापकोटा र सदस्यहरूमा केशवराज पोख्रेल, दुर्गा प्रसाद काफ्ले, चन्द्र ब जिसि , महिला सदस्य अन्जना सुनार र मेनुका न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्षमा विष्णु प्रसाद तिवारी, उपाध्यक्षमा मोहन प्रसाद शर्मा, सचिवमा संजय मण्डल, कोषाध्यक्षमा शिवराज पोखरेल र सह कोषाध्यक्षमा अमृत कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन ।

उपाध्यक्ष पदमा कुन्ता देबी शर्माको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

Nabintech