२१ बैशाख २०८१, शुक्रबार
त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् ।

अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ५० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।

यसक्रममा केही व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Nabintech