२३ बैशाख २०८१, आईतवार
कोहलपुर २ को लक्ष्मी माविमा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति चयन 


लक्ष्मी माध्यामिक विद्यालय कोहलपुर २ को अभिभावक भेलाले सर्वसम्मत नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको छ ।

भेलाले कृष्ण कुमार आचार्य , मिना चलाउने , सुमित्रा शाही र फत्ते सिह थारू लाई सर्वसम्मत चयन गरेको विद्यालयका प्रधानाध्यापक जय बहादुर बिष्टले जानकारी दिए । अभिभावक भेलामा कोहलपुर नगरपालिका वडा नं २ का अध्यक्ष हरि सिह कठायत लगायत स्थानीय समाजसेवी बुद्धिजीवीहरूको सहभागिता रहेको  थियो ।

अभिभावक भेलामा बोल्दै अध्यक्ष कठायतले लक्ष्मी मावि लाई कोहलपुरको नमुना विद्यालय बनाउने बताए । उनले सर्व सम्मत नेतृत्व चयनले विद्यालयको समग्र विकासमा थप टेवा पुग्ने बताए । ४ सदस्यीय समितिले थप २ सदस्य मनोनयन गर्ने र सोही समिति बाट सर्व सम्मत अध्यक्ष चयन गरिने बताईएको छ ।

विद्यालय व्यवस्थापन समितिमा विद्यालयका प्रधानाध्यापक सदस्य सचिव र वडा अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ । लक्ष्मी माविमा झण्डै ६ महिना देखि विद्यालय व्यवस्थापन समिति चयन हुन सकेको थिएन । ​​​​​​​

Nabintech