२१ बैशाख २०८१, शुक्रबार
विश्वकप छनोट : महत्त्वपूर्ण खेलमा नेपालले टस हार्यो, पहिला गर्ने ब्याटिङ गर्ने


विश्वकप क्रिकेट प्रतियोगिताको छनोट अन्तर्गत नेदरल्यान्डसँगको महत्वपूर्ण खेलमा नेपालले टस हारेको छ । नेदरल्यान्डले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । अब नेपालले केहिबेरमा ब्याटिङ गर्ने छ । खेल नेपाल समय अनुसार दिउँसो १२ः ४५ बजे सुरु हुनेछ । हालसम्म एक जित र दुई हारको नतिजा निकालेको नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निकै महत्त्वपूर्ण छ ।

समूह ‘ए’ को अङ्क तालिकामा हालसम्म दुई खेल खेलेको वेस्ट इन्डिज चार अंकसहित पहिलो स्थानमा छ । घरेलु टोली जिम्बाब्वे पनि चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

दुई खेल खेलेको नेदरल्यान्ड्स एक जित र एक हारको नतिजाबाट दुई अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा छ भने तीन खेलबाट एक जित र दुई हारको नतिजा निकाल्दै दुई अङ्क हात पारेको नेपाल तालिकाको चौथो स्थानमा आसीन छ । नेट रन रेटमा नेदरल्यान्ड्सले नेपाललाई पछि पारेको छ ।

वेस्ट इन्डिज र जिम्बाब्वे प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्ने लगभग निश्चितजस्तै छ । त्यसैले सुपर सिक्स चरणमा पुग्न अब आजको खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराउनुको विकल्प छैन ।

प्रकाशित मितिस् शनिबार, असार ९, २०८० १२स्३०

Nabintech