२१ बैशाख २०८१, शुक्रबार
दाङमा लुम्बिनी रग्वी सेभेन्स प्रतियोगिता हुने


दाङमा लुम्बिनी रग्वी सेभेन्स प्रतियोगिता हुने भएको छ । नेपाल रग्वी संघ लुम्बिनी प्रदेशको आयोजनामा जेठ २६ र २७ गते लुम्बिनी रग्वी सेभेन्स प्रतियोगिता हुने भएको हो ।

दुई दिने प्रतियोगिता दाङ जिल्लाको बेल्झुण्डी रङ्गशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा ८ टिम सहभागी हुने रग्बीका प्रदेश सचिव तथा प्रवक्ता प्रेम चापागाईंले जानकारी दिए । प्रतियोगिताको तयारी स्वरुप अहिले कोच तथा प्राविधिक टिमले जिल्ला जिल्लामा प्रशिक्षण तीब्र बनाएका छन् ।

Nabintech