३० बैशाख २०८१, आईतवार
बाँके निर्वाचन क्षेत्र नं १ : गठबन्धनका उम्मेदवार जिताउन संयुक्त अपिल


संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरु लाई मतदन गरि बिजयी गराउन वाम लोकतान्त्रिक गठबन्धन बाँके निर्वाचन क्षेत्र नं. १ ले अपिल गरेको छ ।
गठबन्धनका तर्फ बाट माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव गठबन्धनको निर्वाचन क्षेत्र निर्वाचन परिचालन समिती संयोजक नरेन्द्र न्यौपाने , नेपाली काँग्रेसका क्षेत्रिय सभापति एंव गठबन्धनका निर्वाचन परिचालन समितीका सह संयोजक पोषण केसी , सह संयोजक नेकपा एकिकृत समाजवादी की मञ्जु कोईराला , र सह संयोजक राष्ट्रिय जनमोर्चाका जोग प्रसाद भण्डारी द्धारा जारी संयुक्त अपिलमा संविधान रक्षाका लागी गठबन्धन दलका उम्मेदवार लाई बिजयी गराउन अपिल गरिएको हो ।
 अपिलको पुर्णपाठ ।

निर्वाचन परिचालन समिति गठन

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन परिचालन समिति गठन गरिएको छ । गठबन्धनमा आवद्ध दलहरुको भेलाले नरेन्द्र न्यौपानेको संयोजकत्वमा ४ हजार १ सय सदस्यीय मुल समिति गठन गरिएको हो । बुधबार भएको भेलाले समितिको सह–संयोजकमा पोषणराज केसी, मञ्जु कोइराला, जोगप्रसाद भण्डारीलाई तोकेको छ । यस्तै निर्वाचन परिचालनका लागि २१ सदस्यीय सचिवालय समिति समेत गठन गरिएको छ ।
भेलाबाट ३ वटा उप–समितिसमेत गठन गरेको छ । बैठकले व्यवस्थापन , युवा परिचालन,प्रचारप्रसार उप–समिति गठन गरेको सचिवालयका सह–सचिव चन्द्र प्रकाश शर्माले जानकारी दिए । बैठकले प्रचारप्रसारका लागि जयश्वर पौडेल ९सुमन०को संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ । समितिको सदस्यमा प्रदिप वाग्ले,चेतकान्त भट्टराई, राजेश आचार्य निर्मल आचार्य,लोकनाथ शर्मा र हेमन्त चौधरी रहेका छन ।
व्यवस्थापन उप–समितिको संयोजकमा रुपमा रेणुका खड्कालाई जिम्मेवारी समितिको सदस्यहरुमा गोविन्द खत्री र रत्ना गिरी रहेका छन् ।यसैगरी युवा परिचालनका समितीको संयोजकमा दिग्विजयजंग राणा र सदस्यहरुमा खेम क्षेत्रीलगायत रहेका छन । बैठकले गठबन्धन आवद्ध दलहरु एकताबद्ध भएर उम्मेदवारलाई विजयी गराउन चुनावमा होमिने निर्णय भएको संयोेजक नरेन्द्र न्यौपानेले जानकारी दिए ।
प्रतिगमन विरोधी मोर्चामा हिजोदेखि सहकार्य गरेका दलहरुको चुनावी मोर्चा बनेकाले बिना संकोच चुनावमा होमिन र उम्मेदवारलाई अध्याधिक मतले विजयी गराउन समेत अपिल गरिएको छ ।
भेला निर्वाचनमा परिचालनका लागि विविध निर्णय गरेको छ । सह–संयोजक पोषण राज केसीले क्षेत्र नम्बर १ मा गठबन्धनको चुनावी गतिविधि तीव्र रुपमा अघि बढाउने बताए ।

Nabintech