२६ बैशाख २०८१, बुधबार
माओवादी द्धारा बाँके २ ख को निर्वाचन परिचालन कमिटी गठन


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाँके २ ख मा निर्वाचन परिचालन समिती गठन गरेको छ ।
मंसिर ४ गते हुने संघ र प्रदेसको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले निर्वाचन परिचालन समिती गठन गरेको हो । बैठकले संगठन बिस्तार संगठन सुदृढीकरण लगाएता कार्यक्षेत्र बाँडफाँड गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्ष रतन बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति माओवादी केन्द्र का केन्द्रीय सदस्य अन्जना चौधरी लागयतको सहभागीता रहेको थियो ।त्यसैगरी बिशेष अतिथिमा लुम्बिनी प्रदेस सह९ सचिव तथा बाँके निर्वाचन क्षेत्र नम्बर २खका उम्मेदवार अकल बहादुर बम, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा बाँके निर्वाचन क्षेत्र नम्बर २का इन्चार्ज गेहराज रिजाल ९नवीन शर्मा ० प्रदेस कमिटी सदस्य तथा बाँके जिल्ला सचिव डिल्ली बराल ,मिना चदारा जिल्ला समन्वय समितिका सदस्य अर्जुन कार्की , नेपालगन्ज उपमहानगरपालिका कमिटी उपाध्यक्ष बसन्त मल्ल ,सचिव प्रेम शाह ,उपा अध्यक्ष कस्मिरा खातुन लगायतका नेता तथा कार्याकर्ताको सहभागीता रहेको थियो।
बैठकले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा बाँके निर्वाचन क्षेत्र नम्बर २का इन्चार्ज गेहराज रिजाल ९नवीन शर्मा ०को संयोजकमा १११जनाको निर्वाचन परिचालन कमिटी गठन गरेको छ। त्यसैगरी बाँके निर्वाचन क्षेत्र नम्बर २खका सबै १४ वड वडाका इन्चार्ज र सचिवको जिम्मेवारी तोकेको नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिए ।
बिस्तारीत बैठकलाई सम्बोधन गर्दै प्रमुख अथिति माओवादी केन्द्र का केन्द्रीय सदस्य अन्जना चौधरीले यसपटक माओवादीले जित्नै पर्ने र अब देशको बागडोर माओवादी केन्द्रले लिने जिकिर पनि गरिन । कार्यक्रम मा बोल्दै लुम्बिनी प्रदेस सह९ सचिव तथा बाँके निर्वाचन क्षेत्र नम्बर २खका उम्मेदवार अकल बहादुर बमले यो निर्वाचन एउटा लडाइँ जित्नु सरह भएकोले सबै निर्वाचनमा समर्पित भएर लाग्न, एकताबद्ध भएर लाग्न अनुरोध गरे।देशको व्यवस्था बदल्नलौं अब जनताको अबस्था बदल्छौं तेसका लागि माओवादी केन्द्रले जित्नु पर्ने बताए।बिस्तारीत बैठकले१ महिने आगामी निर्वाचन तयारी अभियान,निर्वाचन परिचालन समिति निर्माण,कार्य विभाजन,निर्वाचन सम्पर्क कार्यालय निर्माण वडा तथा मोर्चाका वैठक जन भेला र जन भेटघाट, अन्तरक्रीया ,घरदैलो कार्याक्रम मतदाता शिक्षा,घोषणा पत्र निर्माण लगाएको निर्णय गरेको हो।

Nabintech