२५ बैशाख २०८१, मंगलवार
थारू राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला संयोजकमा राम लखन थारू चयन 


थारू राष्ट्रिय मुक्ति मोर्चा बाँकेको पाँचौं जिल्ला भेलाबाट जिल्ला संयोजकमा राम लखन थारू चयन भएका छन । सोमवार भएको भेलाको बन्दशत्रले थारू लाई संयोजकमा चयन गरेको हो ।

उनी राप्ती सोनारी गाउँपालिका ७ का निर्वाचित वडा अध्यक्ष हुन । यस अघिको कार्यकालमा पनि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । यसै गरि भेलाले सह संयोजकमा भिक्खु थारू र सचिव विष्णु चौधरी लगायत ४९ सदस्य कार्यसमिति चयन गरेको अध्यक्ष थारूले जानकारी दिए । थारू राष्ट्रिय मुक्ति मोर्चा , मधेसी राष्ट्रिय मुक्ति मोर्चा र मधेसी राष्ट्रिय मुक्ति मोर्चाको शनिवार नेपालगञ्जमा उद्घाटन सत्रको आयोजना गरिएको थियो ।

उद्घाटन सत्र लाई माओवादी केन्द्रका प्रभावशाली नेता जर्नादन शर्माले सम्बोधन गरेका थिए । यसैगरी मधेसी मुक्तिमोर्चाको संयोजक मा मोहनलाल सोनखर र मुस्लिम मुक्तिमोर्चा नेपाल को संयोजक मा इम्रान खान चयन भएको माओवादी केन्द्र बाँकेका सचिव अमिर केसीले जानकारी दिए ।

Nabintech