२५ बैशाख २०८१, मंगलवार
शनिबार नेपालगन्जमा माओवादीको बृहत्त भेला, जनार्दनले सम्बोधन गर्ने


नेपालगन्ज । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार नेपालगन्जमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

भोलि पुस १४ गते शनिबार नेपालगन्जको त्रिभुवन चोकस्थित पूर्व लाईनमा आयोजना गरिने कार्यक्रमलाई उपमहासचिव शर्माले सम्बोधन गर्ने माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले जानकारी दिए ।

मुस्लिम मुक्ति मोर्चा, थारु मुक्ति मोर्चा तथा मधेसी मुक्ति मोर्चाको संयुक्त जिल्ला भेलाको उद्घाटन कार्यक्रमलाई नेता शर्मासहित अन्य केन्द्रिय नेताहरुले पनि सम्बोधन गर्ने जेम्सले बताए ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार नेपालगन्जमा संयुक्त भेला तथा जनपरिचालन कार्यक्रम आयोजना गरीएको नेकपा माओपादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले जानकारी दिए ।

Nabintech