२३ बैशाख २०८१, आईतवार
लागू औषध सहित श्रीमान – श्रीमती पक्राऊ


लागूऔषध अफिम र चरेस सहित श्रीमान श्रीमती पक्राऊ परेका छन । पक्राऊ पर्नेमा, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ४० को रेवन्त राना र उनकै श्रीमती ३३ वर्षीय कविता थापा पक्राऊ पारेका हुन् ।

लागू औषधको कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा कोहलपुर ८ पिपरीमा उनीहरूकै घरबाट गएराति ८ :४५ बजे लागू औषध सहित पक्राऊ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले घर तथा निजको बा ५ प ८२१५ नम्बरको कार चेकजाँच गर्दा चरेस जस्तो देखिने कालो पदार्थ, जम्मा तौल गर्दा १२ के.जी. ७०४ ग्राम, लागू औषध अफिम जस्तो देखिने कालो गिलो पदार्थ तौल गर्दा २ के.जी. ११६ ग्राम फेला परेको डीएसपी तिवारीले बताए।

रेवन्त राना माथि यसअघि नै जिल्ला प्रहरी कार्यालय बर्दिया बाट लागू औषध ब्राउन सुगर शीर्षकमा मुद्दा चलेको त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट जिल्ला बाँकेबाट केही सार्वजनिक अपराधमा शीर्षकमा मुद्दा चलेको र इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेबाट लागू औषध चरेस शीर्षकमा मुद्दा चलेको प्रहरीले जनाएको

Nabintech