२४ बैशाख २०८१, सोमबार
कोहलपुरमा प्लाष्टिकका  माला प्रतिबन्धित


कोहलपुर नगर पालिकाले तिहारमा प्लाष्टिकका  माला प्रयोग नगर्न आग्रह गरेका छन्।

कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धोलक राज ढकालले एक सूचना जारी गर्दै  प्राकृतिक फूलका मालाहरू प्रयोग गर्न तथा प्लाष्टिकजन्य नक्कली फूलका मालाहरू प्रयोग नगर्न आग्रह गरेका हुन । सूचनामा  प्लाष्टिकजन्य नक्कली फूलका मालाहरू बिक्री वितरण तथा भण्डारण गर्न नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्ने समेत चेतावनी दिइसकेको छ।

सूचना जारी गर्दै प्लाष्टिकजन्य मालाहरू प्रयोग नगर्न र प्राकृतिक रूपमा फूलेका फूलका मालाहरू मात्रै भाई टिकामा प्रयोग गर्न आग्रह गरे संगै व्यवसायिक फूलखेती गर्दै आएका किसानहरू हौसिएका छन् ।फूलखेती गर्दै आएकी कोहलपुर नगरपालिका – २ कि  विष्णु चौधरीले आफूजस्ता कृषकहरू कोहलपुर नगरपालिकाको निर्णयले उत्साहित बनेको बताइन।

Nabintech