२४ बैशाख २०८१, सोमबार
सच्चिने प्रतिबद्धता सहित जनताको माझमा आएको छौ :नेता सोनाम 


नेकपा (माओवादी केन्द्र)का स्थाई समिति सदस्य एवं ३ महिने अभियानका बाँके संयोजक कुल बहादुर केसी (सोनाम) ले माओवादी पार्टी सच्चिने प्रतिबद्धता सहित जनताको माझमा आएको बताएका छन । उनले माओवादी पार्टीले मात्रै जनताका आशा र अपेक्षा पुरा गर्न सक्ने बताए ।

नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिका वडा नं ३ र ४ को सयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । उनले पार्टीले विगतमा केही कमजोरी गरेको निष्कर्ष सहित जनतामा जाने जनता बाट गुनासो संकलन गरेर सच्चिँदै देशको १ नं पार्टी बनाउने अभियान माओवादीले सुरुवात गरेको बताए ।

उनले परिर्वतन लाई संस्थागत गर्ने काम माओवादी पार्टीको नेतृत्वमा मात्रै हुन सक्ने भन्दै हिजोको परिवर्तनकारी आन्दोलनमा माओवादीले खेलेको भूमिका नयाँ पुस्ता लाई सञ्चार गर्न आवश्यक रहेको धारणा राखे । उनले जनता बाट सिकेर जनताको हितमा काम गर्न समेत नेता कार्यकर्ता लाई निर्देशन दिए । कार्यक्रममा बोल्दै माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारू कविरले निस्वार्थ भावले काम गर्ने पार्टी माओवादी मात्रै भएको बताए ।

उनले राजनीति लाई सेवाको रुपमा लिनुपर्ने धारणा समेत राखे । कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्स , प्रदेश समिति सदस्य दिपेन्द्र शाह युगान्त , कोहलपुर अध्यक्ष अवराज खड्का , राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष जनक थारू , सुरज जागा, कोहलपुर ३ का अभियान संयोजक टङ्क बस्याल , युवा नेता गोपाल अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Nabintech