२४ बैशाख २०८१, सोमबार
रझेना खानेपानीमा समावेशी प्यानल बिजयी , अध्यक्षमा दोर्ण जैसी 

उपाध्यक्ष गोपालप्रसाद अधिकारी सर्बधिक मत प्राप्त गरे



रझेना खानेपानी तथा सरसफाइ उपभोक्ता समिति कोहलपुर ३ र ४ को  अध्यक्षमा दोर्ण प्रसाद जैसी  निर्वाचित भएका छन ।

मंगलबार सम्पन्न निर्वाचनमा १०३७ मत खसेकोमा अध्यक्षमा उम्मेदवार जैसीले ४ सय ९९ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्वन्द्वी केशव शाहीले ४ सय ७२ मत प्राप्त गरे ।   जसको उपाध्यक्ष गोपालप्रसाद अधिकारी सर्वाधिक मत सहित बिजयी भएका छन । उनले ५ सय ६४ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दीले ३ सय ८४ मत प्राप्त गरे ।

त्यसैगरी सचिवमा दान प्रसाद न्युरेले ५ सय २४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दीले ४ सय १८ मत प्राप्त गरे । त्यसैगरी  कोषाध्यक्षमा निर्मला शर्माले ५सय २९ मत प्राप्त गरिन भने उनका प्रतिद्वन्दी ४ सय ८ मत प्राप्त गरे । निर्वाचनमा साझा समावेशी प्यानलका सम्पुर्ण उम्मेदवार बिजयी भएका हुन ।

सदस्यहरूमा पनि सोही प्यानका टेक प्रसाद न्यौपाने, विजया योगी ,  डम्बर बहादुर खत्री , दुर्गाप्रसाद रेग्मी लाल बहादुर बस्नेत  बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।सो निर्वाचनमा नेपाली काँग्रेस , माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी साझा समावेशी प्यान बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । भने नेकपा एमालेले एकल रुपमा चुनावी प्रतिस्पर्धा गरेको थियो । 

 

Nabintech