२६ बैशाख २०८१, बुधबार
रझेना खानेपानी निर्वाचन : भत्ता लगायतका सुविधा नलिएर काम गर्ने साझा समावेशी प्यानलको प्रतिबद्धता 


रझेना खानेपानी तथा सरसफाइ उपभोक्ता समिति कोहलपुर ३ र ४ को यही असोज  १६ गते हुने निर्वाचनका लागी चुनावी मैदानमा होमिएको साझा समावेशी प्यानलका उम्मेदवारहरूले कुनै पनि भत्ता र सुविधा नलिएर उपभोक्ताको काम गर्ने प्रतिबद्धता जनाएका छन । आइतबार चुनावी अभियानका क्रममा मतदाता सँगको भेटमा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन । अध्यक्षका उम्मेदवार दोर्ण प्रसाद जैसीले निस्वार्थ सेवा भावले काम गर्ने गरि चुनावी अभियानमा होमिएको बताए । उनले संस्था लाई केही योगदान दिने र कोहलपुर ३ र ४ बासी लाई  पिउन योग्य पानी वितरणका लागी आफूहरू मैदानमा आएको बताए । 

उनले एक वर्ष भित्र पानी शुद्धिकरण प्लान्ट जडान गर्ने समेत बताए । उपाध्यक्षका उम्मेदवार गोपाल प्रसाद अधिकारीले साथै आयोजनाको डिपिआर क्षेत्र भित्र यस अघि ३९ किलोमिटर पाइप बिच्छाउने काम भएको र अझै २२ किलोमिटर पाइप बिछाउन बाँकी रहेकाले सो काम छिटो सम्पन्न गरि  कोहलपुर ३ र ४ का आम उपभोक्ता लाई सुलभ मूल्यमा शुद्ध खानेपानी पुर्याउने बताए । उनले आफ्नो  टिम बिजयी भएमा सार्वजनिक स्थल मन्दिर , विद्यालय , चोक चौतारीहरूमा  निशुल्क खानेपानीको धारा जडान , विपन्न तथा असहाय परिवार लाई निशुल्क धारा जडान गरिने समेत जानकारी दिए  । सचिव पदका उम्मेदवार दान बहादुर न्युरेले १५ युनिट सम्म १ सय रुपैयाँ मासिक शुल्क कायम गर्ने , संस्था बाट कुनै किसिमका भत्ता तथा सेवा सुविधा नलिने र  आर्थिक पारदर्शिता  कायम गर्ने प्रतिबद्धता जनाए । कोषध्यक्ष निर्मला शर्माले धार मर्मतको गुनासो आएमा ३ घन्टा भित्र मर्मतको काम गरि सक्ने गरि प्राविधिकको व्यवस्था गर्ने  दैनिक ८ घन्टा पानी बितरण गर्ने काम यस समितिले गर्ने बताइन । 

साझा समावेशी प्यानलका तर्फबाट अध्यक्ष पदमा दोर्ण प्रसाद जैसी  चुनाव चिन्ह  बल  ,उपाध्यक्ष गोपाल प्रसाद अधिकारी चुनाव चिन्ह  मान्छे  , सचिव  दान प्रसाद त्यूरे  चुनाव चिन्ह कमलको फुल  कोषाध्यक्ष निर्मला शर्मा  चुनाव चिन्ह  चियाको कप  र सदस्यहरूमा क्रमश टेक प्रसाद न्यौपाने  अटोरिक्सा , विजया योगी  कुखुराको भाले , डम्बर बहादुर खत्री  ताला चाबी , दुर्गाप्रसाद रेग्मी  हात्ती  र लालबहादुर बस्नेत  घोडा चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन । 

Nabintech