२६ बैशाख २०८१, बुधबार
रझेना खानेपानीको निर्वाचन : समावेशी साझा प्यानलका उम्मेदवारुहरु घरदैलोमा


कोहलपुर । रझेना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न चुनावको सरगर्मी बढेको छ । यहि असोज १६ गते हुन गईरहेको चुनावकालागि उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन ।

दुई प्यानल बनाएर चुनावी मैदानमा होमीएका उम्मेदवारहरु घरदैलो अभियानमा ब्यस्त छन । जसअन्तर्गत समावेशी साझा प्यानलका उम्मेदवारुहरुले बिहिबार कोहलपुर वडा नं. ३ मा घरदैलो अभियान सम्पन्न गरेको छ । ३ नं. वडाको पशुपती टोल, किरण नाला, ज्योती नगर र बिकासनगरमा घरदैलो अभियान संचालन गरीएको समावेशी साझा प्यानलको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार गोपाल प्रसाद अधिकारीले जानकारी दिए ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त गठबन्धनका रुपमा साझा समावेशी प्यानलबाट दोर्ण प्रसाद जैशीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

साझा समावेशी प्यानलका उम्मेदवारहरु :

अध्यक्ष : दोर्ण प्रसाद जैसी
उपाध्यक्ष : गोपाल प्रसाद अधिकारी
सचिव : दान प्रसाद न्युरे
कोषाध्यक्ष : निर्मला शर्मा
सदस्य : टेक प्रसाद न्यौपाने
सदस्य : विजया योगी
सदस्य : डम्मर बहादुर खत्री
सदस्य : दुर्गाप्रसाद रेग्मी
सदस्य : लालबहादुर बस्नेत

 

Nabintech