१ जेष्ठ २०८१, मंगलवार
बैजनाथद्वारा पशुपंक्षी पालकलाई २५ लाख रुपैयाँ सहयोग


बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत पशुपंक्षी पालक व्यवसायीहरूलाई नगद सहयोग गरेको छ ।

बैजनाथ गाउँपालिमा दर्ता भएका पशुपंक्षी पालक किसानहरुलाई ७० प्रतिशत अनुदान अन्तर्गत पालिकाका ८ वटै वडाका ३१ जना किसानलाई गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीले जनही ८३ हजार १ सय ७७ रुपैयाँ गरी २५ लाख ७८ हजार ४ सय रूपैया प्रत्येक वडामा गएर बितरण गरेका हुन् ।

अनुगमन मुल्यांकनको आधारमा छनौट भएका बङ्गगुर, लोकल कुखुरा, गाई–भैंसी र बाख्रापालक किसानहरूलाई बितरण गरिएको हो ।

Nabintech