१ जेष्ठ २०८१, मंगलवार
प्राविधिक कक्षा सञ्चालन गर्ने जिल्लाको पहिलो सामुदायिक विद्यालय : सिभिल इन्जिनियरिङ सुरुवात गर्दै त्रिभुवन नमुना विद्यालय


त्रिभुवन नमुना माध्यामिक विद्यालयले यस वर्ष देखी डिप्लोमा ईन सिभिल इन्जिनियरिङ कक्षा सुरुवात गरेको छ । विद्यालयले २०५८ सालमा सामुदायिक विद्यालय तर्फ जिल्लामा पहिलो पटक प्राविधिक शिक्षाको सुरुवात गरेको गरेको थियो । ४४ जना विद्यार्थी पढाई हुने कक्षाका लागी यस वर्ष देखि भर्ना अभियान सुरु गरिएको छ ।

कोहलपुर १० मा रहेको विद्यालय हाल डिप्लोमा ईन सिभिल इन्जिनियरिङ ,डिप्लोमा ईन कम्युप्टर इन्जिनियरिङ , प्रि डिप्लोमा ईन कम्युप्टर इन्जिनियरिङ १८ र २४ महिने गरि ४ वटा कोर्षमा प्राविधिक विषयहरू पढाई भई रहेको छ । एकै विद्यालय सबैखाले शिक्षा दिनका लागी सिभिल कोर्ष सुरुवात गरिएको प्रधानाध्यापक देवका बस्नेतको भनाई छ । प्राविधिक शिक्षामा सबैको पहुँच पुर्याउनका लागी त्रिभुवन माविले प्राविधिक शिक्षामा जोड दिई रहेको उनको भनाई छ ।

जिल्लामा पहिलो पटक १८ महिने प्रि डिप्लोमा ईन कम्युप्टर इन्जिनियरिङ कक्षा सुरुवात गरेको थियो । तत्कालीन प्रधानाध्यापक वल राम यादवको पहलमा सो कक्षा सुरुवात गरिएको थियो । सूचना प्रविधिको बढ्दो विकास सँगै रोजगार र स्वरोजगार बन्नका लागी सहयोगी हुने उद्देश्यले कक्षा सञ्चालन गरिएको विद्यालयको भनाई छ । प्रधानाध्यापक बस्नेतले तालिम लिएका आधिकांश विद्यार्थी स्थानीय पालिका र वडा तहमा रोजगारीको अवसर पाएको बताइन । १८ महिनाको जम्मा २० हजार शुल्क लाग्ने कक्षमा कम्प्युटरको हार्डवेयर , सफ्टवेयर ,लगायतका आधारभुत शिप र ज्ञान दिइने उनले बताइन । छोटो कोर्ष पढ्न र पास गर्न सजिलो भएकाले यो तालिममा विद्यार्थीको आर्कषण रहेको उनको भनाई छ । १८ महिने कोर्षमा प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गरिने उनको भनाई छ ।

१८ महिने तालिम चलाएको विद्यालयले २०७३ साल देखि भने ३ वर्षे डिप्लोमा ईन कम्युप्टर इन्जिनियरिङ कक्षाको सुरुवात गरेको थियो । सिटिइभिटीबाट सम्बन्धन लिएर सुरुवात गरिएको सो तहको पढाई बाँके जिल्लामा नयाँ र पहिलो भएको विद्यालयको भनाई छ । ६ सेमेस्टर मा पढाई हुने सो कक्षाका लागी जम्मा १ लाख ८० हजार शुल्क लाग्ने विद्यालयले जनाएको छ । सो शुल्क ६ सेमेस्टर प्रति सेमेस्टर ३० हजारका दरले तिर्नुपर्ने विद्यालयको भनाई छ ।

कोहलपुर क्षेत्रको पुरानो विद्यालय त्रिभुवन नमुना माध्यामिक विद्यालयले २०७७ सालमा भने निशुल्क २४ महिने प्रि डिप्लोमा ईन आईटी कक्षा सञ्चालनमा ल्यायो । विपन्न विद्यार्थी लाई मध्यनजर गर्दै सो कक्षा सञ्चालन प्रधानाध्यापक देवका बस्नेतले बताइन । काम गर्दै पढ्दै गर्ने उद्देश्यले सुरुवात गरिएको यस कोर्षमा साढे ३ महिना पढाई हुने र बाँकी साढे १९ महिना काम गर्ने र अन्तिम १ महिना रि भिजन गरिने विद्यालयले जनाएको छ । २४ महिने पढ्ने हरूले औद्योगिक प्रतिष्ठानहरूमा रोजगारीको अवसर पाएका उनले बताइन ।

२०८० साल देखि भने विद्यालयले डिप्लोमा ईन सिभिल इन्जिनियरिङ कक्षा सुरुवात गरेको छ । प्राविधिक शिक्षामा सबैको पहुँच पुर्याउनका लागी त्रिभुवन माविले प्राविधिक शिक्षामा जोड दिई रहेको छ ।

नमुना बन्ने दौडमा त्रिभुवन

२०७४ सालमा सरकारले नमुना विद्यालय निर्माण को मापदण्ड र कार्यबिधी ल्यायो । सोही अनुसार त्रिभुवन नमुना माध्यामिक विद्यालय छनोट हुन सफल भयो । २०७४ साल पछि विद्यालयले गुरु योजना निर्माण गरेर अगाडि बढेको छ । कुल ३ हजार ५ सय विद्यार्थी अध्ययनरत विद्यालयमा प्राविधिक तर्फ प्रि डिप्लोमा र डिप्लोमा तहका ४ प्रकारका कक्षहरू सञ्चालनमा छन ।

साधारण तर्फ बाल शिक्षा देखी कक्षा १२ सम्म पढाई भई रहेको छ । बाल शिक्षा देखी ५ कक्षा सम्म अंग्रेजी माध्यम , ६ देखी १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यम बाट पढाई हुने बस्नेतले बताइन । कक्षा ११ र १२ मा विज्ञान , व्यवस्थापन र शिक्षा सङ्कायमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई भई रहेको छ । यसका अतिरिक्त विशेष शिक्षा अन्तरगत दृष्टि बिहिन हरु लाई समाहित शिक्षा र खुला शिक्षा अन्तरगत निम्न मावि कक्षा ८ र मावि तह १० कक्षाको पढाई भई रहेको विद्यालयले जनाएको छ ।८ देखि १२ र प्राविधिक कक्षाहरूमा  कर्णाली प्रदेशका विद्यार्थीहरूको संख्या उल्लेख्य रहेको छ । 

नमुना विद्यालय घोषणा भए सँगै विद्यालयले पूर्वाधार निर्माण र अन्य क्षेत्रमा गरि ६ करोड २० लाख रुपैयाँ बराबरको सहयोग प्राप्त गरेको छ । जुन रकम बाट विद्यालयमा २० वटा कक्षा कोठा भवन , १ प्रशासनिक भवन , २ सय जना अट्ने चमेना गृह , ३ वटा साइन्स ल्याब , एक आई सि टि ल्याब , कक्षा कोठाहरूमा सि सि टिभी क्यामरा जडान र स्मार्ट बोर्ड जडान गरिएको छ ।

कक्षा ११ र १२ तथा प्राविधिक धारका कक्षाहरूमा स्मार्ट बोर्डको सहायताले पढाइने बस्नेतले बताइन । विद्यालयले निर्माण गरेको गुरु योजना अन्तरगत निकट भविष्यमा बगैंचा , ई सि डि ब्लक , छात्र छात्रा वास , पुस्तकालय , सभा गृह , मिनी विज्ञान संग्रालय , विद्यालय बस , खेल मैदान र विद्यालयमा पर्खाल निर्माण गर्ने योजना छ । विद्यालयको सम्पूर्ण कक्षा कोठाहरू नयाँ बनाउने अभियान अन्तरगत अझै २० देखि ३० वटा सम्म कक्षा कोठा आवश्यक रहेको विद्यालयले जनाएको छ ।

प्रअ बस्नेतले हाल ८५ जना शिक्षक कर्मचारी रहेको विद्यालयको ६० प्रतिशत भार आन्तरिक श्रोत बाटै चल्ने गरेको बताई । कोभिड अघि सम्म लगातार एस ई ई मा उत्कृष्ट नतिजा दिदै आएको सो विद्यालयले यस वर्षको एस ई ई परीक्षामा पनि जिल्लामा उत्कृष्ट नतिजा ल्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बहादुर बुढाको भनाई छ  । केन्द्र र प्रदेश सरकारको केही सहयोग पाइएको भएपनि स्थानीय सरकारको चासो भने कम पाइएको विद्यालय व्यवस्थापन समितिका सदस्य नरेश अर्यालले बताए ।

Nabintech