१ जेष्ठ २०८१, मंगलवार
नेपालगन्ज वडा नम्बर ४ को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आधुनिक ल्याबसेवा सुरु हुदै


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा सञ्चालन रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ।

सहरी स्वास्थ्य केन्द्रमा विस्तार भएपछि ल्याबसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको आकर्षण बढ्ने जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टिकृत सेवासमेत थपेर विस्तार गरिने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रका अध्यक्ष गोपाल पुनले जानकारी दिनुभयो ।

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र मार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने पहल थालिएदेखि नै नगरवासीको आकर्षण बढेको पुनले बताए। सेवाग्राहीको सङ्ख्या मात्रै होइन उनीहरूमा सन्तुष्टि पनि बढाउने गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउन लागि परेको उनको भनाइ छ।मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलव्ध गराउने कोसिस गरिएको बताए।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा सञ्चालित सहरी स्वास्थ्य केन्द्रमा सेवा लिनेको सङ्ख्यामा भने उल्लेख्य वृद्धि भएको छ।

प्रयोगशाला सुरु भएपछि अरु प्रयोगशाला भन्दा सस्तोमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४मा सुगर, प्रेसर लगायत विभिन्न किसिमका रगत, पिसाब चेक जाँच कार्य सुरु हुने र यसबाट स्वास्थ्य क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ नमुना भन्ने अध्यक्ष गोपाल पुनले बताए ।

Nabintech