३ जेष्ठ २०८१, बिहीबार
कोहलपुरमा धान दिवस


बाँके लगायत आज देशभरी नै २०औं राष्ट्रिय धान दिवस मनाइएको छ । शुक्रबार २०औं राष्ट्रिय धान दिवसको अवसरमा कोहलपुर नगरपालिका १५ पर्सेनिपुरमा पनि २० औँ राष्ट्रिय धान दिवस मनाइएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, १५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी र कार्यपालिका सदस्य अनिता कुमारी बुढाक्षेत्री लगायत स्थानियले धान रोपेर धान दिवस मनाएका थिए ।

धान दिवस कार्यक्रममा बोल्दै किसानहरुलाई कृषि प्रविधिसंग जोडेर व्यवसायिक बनाउने लक्ष्य लिएको कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य बताए ।

‘पकेट क्षेत्र निर्माण गरी अनुदानका कार्यक्रमहरु सञ्चालन गर्ने योजना छ,’ उनले भने, ‘ १५ वडा नम्बर मकै तथा तरकारीको पकेट क्षेत्र मानिन्छ ।’ नगरपालिकाले प्रत्येक वडालाई पकेट क्षेत्र छुट्याएको छ सोही अनुसार अनुदानका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन भईरहेको नगर प्रमुख आचार्यले बताए ।

यस्तै कृषि शाखाका प्रमुख चन्द्र बुढाले ३१ सय हेक्टरमा धान खेती भइरहेको बताए । कोहलपुरमा ७ प्रकारका धानबालीहरु लगाउने गरेको र बार्षिक १० हजार ५ सय ४० मेक्टिन उत्पादन हुने गरेको छ तर पछिल्लो समयमा कोहलपुरमा मसिनो धानको माग भएकोले यसुको क्षेत्र बढाउनुपर्ने शाखाका प्रमुख बुढाले बताए ।

धान दिवसमा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, आर्थिक विकास समिति संयोजक अनिता कुमारी बुढा क्षेत्री र वडा नम्बर १५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी लगायत वडा सदस्यहरूको समेत उपस्थित रहेको थियो ।

Nabintech