२ जेष्ठ २०८१, बुधबार
राजनीतिमा नयाँ प्रयोगः विप्लव नेतृत्वको नेकपाले एक सय विघाभन्दा बढी जमिनमा कृषि खेती गर्दै


नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टीको नेतृत्वमा उत्पादनको अभियान सञ्चालन हुन लागेको बताएका छन् । आगामी असार १५ गते धान दिवसको दिन उद्घाटन गरेर केन्द्रले ४० विघा र व्युरो, जिल्ला र जनवर्गीय संगठनले ६० विघा गरी कूल एक सय रोपनीभन्दा बढी जमिनमा उत्पादनको अभियान सुरु गर्न लागेको उनले बताएका हुन् ।

‘उत्पादनका लागि पहिलो पटक उत्पादनमा महासचिवदेखि कार्यकर्ता र जनवर्गीय संगठनहरु उत्पादनमा अभियानात्मक ढंगले सहभागी हुने निर्णय गरेका छौं । सो निर्णयअनुसार यही असार १५ गते हामी केन्द्र र जिल्लाको उत्पादनहरुको उद्घाटन गर्दै छौं । केन्द्रले बर्दिया, चितवन, सुनसरी, सिन्धुली, सल्यान लगायतका जिल्लाहरुमा ४० विघाभन्दा बढीमा उत्पादन गर्दै छ,’– उनले भने ।

पार्टीले आत्मनिर्भर उत्पादन र आत्मनिर्भर नीतिलाई अगाडि सारेको उनले बताए । व्युरो, जिल्ला, जनवर्गीय संगठन, राष्ट्रिय मुक्ति मोर्चा, जातीय मुक्ति मोर्चा सबै यो अभियानमा सहभागी भइरहेकोसमेत बताए । यो नेपालको राजनीतिक आन्दोलनको पहिलो प्रयोग भएको र निकै प्रभावकारी हुने उनले बताए । यस अभियानको उद्घाटन असार १५ गते हुने उनको भनाई छ ।

Nabintech