२ जेष्ठ २०८१, बुधबार
खजुरालाई नमुना पालिका बनाउँछौ : डम्बर बिक, अध्यक्ष, खजुरा गाँउपालिका


स्थानिय निर्वाचन भएको एक वर्ष पुरा भएको छ । एक वर्ष पुरा भएको सन्दर्भमा समसामयीक बिषयमा खजुरा गाँउपालिका प्रमुख डम्बर बिक (तुफान) सँग गरिएको कुराकानी :
१. पालिका प्रमुखका रुपमा एक वर्षे कार्यकाल पुरा भएको छ । अहिले के काममा व्यस्त हुनुन्छ ?
हामी निर्वाचित भएको आएको एक वर्ष पुरा भएको छ । आगामि अर्थिक वर्ष निती तथा कार्यक्रम बजेट निर्माण लगायतका कामहरु भई रहेका छन । यस वर्षका योजनाहरु समयमै गुणस्तरीय तरिकाबाट सम्पन्न गर्न योजना अनुगमन लगायका कामहरु भईरहेका छन । खजुरा गाँउपालिको मास्टर प्लान अन्तर्गतका ठुला योजनाहरुमा लागानी भित्राउनका लागी भेटघाट छलफल लगायतका काममा लागेका छौं ।
२. खजुराका प्राथमिकताहरु के–के हुन ?
सामुहिक कृषि प्रणालीबाट हामी कृषि क्षेत्रमा खजुरालाई आत्मनिर्भर गराउन चाहन्छौ । त्यसका लागी खजुरा गाँउपालिका वडा नं. ५ मा १५ बिगाहमा सामुहिक प्याज खेती गरेका छौं । ३४ जनाको कृषक समुहले गरेको सो सामुहिक खेतीका लागी पालिकाले बिउ, मल, उपकरण लगायतको सहयोग गरेको छ र यसको बजारीकरणमा पनि हामी सहयोग गर्ने योजना बनाएका छौं । सोहि वडामा ७ बिगाह क्षेत्रफलमा किसानहरुले सामुहिक रुपमा घाँसको बिउ उत्पाद गर्न सुरु गर्नुभएको छ । वडा नं. २ मा सामुहिक आलु खेति गरिनुकासाथै अन्य बेमौसमी तरकारी खेती समेत गरीएको छ । यसकालागी पालिकाले सबैखाले सहयोग गर्दै आएको छ ।
सामुहिक मात्रै होईन व्यक्तिगत तवरले गर्ने कृर्षी र पशुपालनका काममा हामिले बिभिन्न सहयोग गदै आएका छौं, जसले स्थानियहरुलाई रोजगारसँगै स्वरोजगार बनाएर आत्मनिर्भर हुन सहयोग पु¥याउने छ । हामिले “हरेक वडामा एक विशेष उत्पादन” भन्ने नाराका साथ सबै वडालाई कृर्षि तथा पशुपालनको पकेट क्षेत्र बनाउने उद्धेश्य लिएका छौं । पालिकाले बिउ, मल र पशु सुत्केरी भत्ता समेत दिने गरेको छ ।
हामीले लोक कल्याणकारी स्थानिय सरकार बनाउनका लागी “जेष्ठ नगरिकसँग अध्यक्ष” कार्यक्रम अगाडी सारेका छौं । जेष्ठ नागरीकलाई घरघरमा पुगेर स्वाथ्य जाँच र आवश्यक औषधी बितरण गरीरहेका छौं । हालसम्म २ हजार ४ सयलाई घरमा पुगेर सो सेवा दिईएको छ । सुगर, प्रेसर लगायतका दिर्घरोगको जाँच गरी औषधी दिने गरेका छौंै । जेष्ठ नगरिकहरुलाई घरमै निःशुल्क स्वाथ्य सेवा दिने हाम्रो सोच छ ।
खजुरा प्राज्ञ प्रतिष्ठान गठन गरेर खजुराको ईतिहास खोतत्ने प्रयासका साथै यहाँका कला संस्कृतिक क्षेत्रका सम्भावनाहरुको खोजि गर्ने अभियान सुरु गर्दैछौ । कला र संस्कृतीले धनि खजुरा पछाडी पनुका समग्र कारणहरुको पहिचान गर्ने सोच छ ।
खजुरा क्षेत्रमा आधुनिक बसपार्क निर्माणका लागी जग्गा अधिग्रहण, बिभिन्न आन्दोलनमा साहदत प्राप्तहरुको स्मारक सहित सहिद पार्क निर्माणको कामलाई अगाडी बढाईएको छ । शिक्षा क्षेत्रको विकासकालागी प्राबिधीक धार सहितका बिद्यालय निर्माण तथा बिद्यालयहरुको भौतिक सुधारका कामलाई अगाडी बढाएका छौं । खासगरी खजुरामा अनाथ बालबालिका पढ्नका लागी आवाशिय बिद्यालय स्थापनाको कामलाई अगाडी बढाएका छौं । खजुरा २ को गौरीनगर प्राबिलाई नै आवशिय बिद्यालय बनाउन भौतिक पुर्वाधार निर्माणको काम अगाडी बढेको छ ।
पोहरमैला व्यवस्थापनकालागी समेत प्रक्रिया अगाडी बढाएको छ । किशोर किशोेरीहरुलाई आत्मरक्षा तालिम, खजुराभर निःशुल्क ईन्टरनेट सुबिधा पु¥याउने गरी काम अगाडी बढाईएको छ । कतिपय वडाहरुमा निःशुल्क ईन्टरनेट सेवा सुरु समेत भईसकेको छ ।
लागुऔषध नियन्त्रणकालागी युवा अभियान, प्रशासनिक सुधारकालागी डिजिटल हाजिरी सहित पालिकालाई नै डिजिटलाईजेश गर्ने हाम्रो सोच छ ।
खजुराका ५ हजार बढि भुमिहीन र अव्यवस्थीतलाई जग्गाको मालिक बनाउने गरि जग्गाधनि प्रमाण पुर्जा बितरणको काम अगाडी बढेको छ ।
हामिले संघ र प्रदेशसँगको सहकार्यमा पुर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने सडकहरु निर्माण, मानखोलन नदि नियन्त्रण गरी कटान रोक्ने लागतका महत्वपुर्ण कामहरु अगाडी बढाएका छौं । बिभिन्न खाले समुदायको बसोबास रहेको यो क्षेत्रमा सामाजिक एकता र धार्मिक सहिष्णुता सहितको समृद्ध खजुरा निर्माण गर्ने हाम्रो मुख्य प्राथमिकता हो ।
३ . एक बर्षे कार्य अनुभवले के–के चुनौतिहरु देख्नुभयो ?
जनताको स्थानिय सरकारसँग ठुलो अपेक्षा हुन्छ । हामीसँग श्रोत र साधन सिमित छ । हामी मुख्य रुपमा श्रोतका लागी केन्द्र र प्रदेशको भरमा पर्नुपर्ने बाध्यता छ । जसले जनताको बिकासको चाहानहरु समयमै पुरा हुन सकेका छैनन् । जनताले तत्काल बितरणमुखी बजेट र काम खोजिरहेका छन । निती र बिधीका कारण धेरै कुराहरु रोकिएका छन । नियमनकारी निकायहरुले बेरुजु निकाल्ने वा काम गर्ने बिधीलाई गलत ठह¥याएको छ । सिमित श्रोत र साधनका बिच परदर्शी तवरले जानताका काम सम्पन्न गर्नुपर्र्नेे छ ।
अर्को तर्फ संघ, प्रदेश र स्थानिय तहको अधिकार बाडफाडको कुरा हालसम्म कार्यान्वयन गर्न कतिपय संरचनागत र कतिपय नितिगन समस्याहरु अझै बाँकी छन । यसले पनि चुनौति थपिएको छ । समन्वयमा समस्या भईरहेको छ ।
अकार्,े खरिद नियमावली अन्तर्गत टेण्डर प्रक्रियाबाट केन्द्र र प्रदेश सरकारले सुरु गरेका योजनाहरुको कार्यान्वयनकालागी स्थानिय तहको भुमिका कम छ तर ति योजनाहरुका कारण समस्या पैदा भएका छन । खजुरा क्षेत्रमा संघ र प्रदेश मातहतका अधिकाशं योजना अलपत्र पर्दा जनताको ठुलो गुनासो छ तर हामिले केहि गर्न सक्ने अधिकार हामिसँग छैन । जसका कारण पनि केहि समस्या पैदा भएको छ ।

४. अन्त्यमा  खजुराबासिलाई केहि भन्नु छ ?
नयाँ सम्भावनाको खोजि गदै खजुरालाई नमुना पालिका बनाउन हामी प्रयासरत छौं । खजुराको गुमेको शाख फिर्ता ल्याउनका लागी हामी प्रयासरत छौं । हामीलाई खजुरावासीको सल्लाह सुझाव र साथ चाहिएको छ । खजुरामा निर्माण हुँदै गरेको लुम्बिनी प्रादेशिक बिश्व बिद्यालयको काम द्रुत गतिमा अगाडी बढाउने, खजुरा क्यासर अस्पताललाई थप प्रबिधीयुक्त बनाएर नेपाल र बिश्वमा खजुराको छुटै नाम स्थापित गर्ने काममा म नेतृत्वको खजुरा गाँउपालिकाको टिम प्रयासरत हुने छ र यसमा कर्मचारी र स्थानिय बासिन्दाको साथ पाउनेमा विश्वस्त छु ।

Nabintech