२३ बैशाख २०८१, आईतवार
खजुरा गाँउ पालिकाले एमबीबीएस पढ्न सघाउने


हिजोसम्म खजुरा गाउँ पालिका वार्ड नं ७ कलंसन गाउँकी रहिमत जहाँ खाँ १२ कक्षा सकेर घरमै बसेकी थिइन् । पढाईमा अब्बल खाँको एउटै उद्देश्य भनेको एमबीबीएस पढ्ने ।

तर उनको एमबीबीएस अध्ययनको रहर र उद्देश्यमा आर्थिक अभाव समस्या बनेर खडा थियो । एस ई ई मा ३. ९८ जिपिए ल्याएकी खाँको लागी खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक  तुफान पालिकाबाट गरेको सहयोगको सुरुवातले काठमाडौंको यात्रा तय गरिदिएको छ । खजुरा गाउँपालिका अध्यक्ष बिकले उनको एमबीबीएस अध्ययन तयारी कक्षाको लागी सहयोग मात्रै गरेनन् अन्य बस्ने तथा अन्य आर्थिक सहयोगको लागी केही मनकारी ब्यक्तिहरूको सम्पर्क समेत बढाई दिए, जसले उनको अन्य खर्च जोहो गर्न सहज भयो ।

यी सबैकुरा सामाजिक सञ्जालमा हाल्दै एमबीबीएस अध्ययन तयारी कक्षाको लागी रहिमत जहाँ खाँलाई काठमाडौं बिदाई गर्दैको केही तस्वीर खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले हालेका छन् । सुवेदीको प्रयत्न र पालिका प्रमुख बिकको सहयोगको पहिलो कदम सँगै खाँको एमबीबीएस अध्ययनको यात्रा सुरु भएको छ । खजुरा गाउँपालिकाको आर्थिक अवस्था कमजोर विद्यार्थीले एमबीबीएस अध्ययनको सपना साकार पार्ने पाटोमा अगाडि बढ्दा पालिकाले सहयोग गर्न पाउँदा खुशी लागेको र पालिकाले र आफू सधैँ केही गर्न चाहनेहरूका साथमा रहने पालिका अध्यक्ष बिकले बताएका छन् ।

उनीमा एमबीबीएस पढ्ने हुटहुटी भए पनि इन्ट्रान्सको तयारीका लागि आर्थिक अवस्था कठिनाइ भएकोले घरमै बस्नु परेकोमा मन दुखेको थियो । सो कुरा खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बहादुर विकले थाहा पाएर थोरै सहयोगको सुरुवात गर्नु भयो । मन खुसी बनाएर आज उनीलाई काठमाडौँ एमबिबिएस तयारी कक्षाका लागि बिदाई खजुरा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय उज्ज्वल भविष्यको कामना गर्दै। रहिमत जहाँ खाँ लाई बिदाई गरे।

Nabintech