२३ बैशाख २०८१, आईतवार
विकल्प सहित स्कुल सञ्चालन गर्न दिन माग 


जीवन ज्योति स्कुल कोहलपुर १० ले गर्मीका कारण बन्द रहेका विद्यालय सञ्चालन गर्न दिन माग गरेको छ ।

प्रिन्सिपल फादर जोमन जेम्सले कोहलपुर नगर शिक्षा लाई एक पत्र लेख्दै गर्मीका कारण  विद्यालय बन्द गर्न नहुने भन्दै वैकल्पिक व्यवस्था सहित स्कुल सञ्चलनको माग गरेका हुन । उनले बिहान ६ देखि १०ः ३० बजे सम्म विद्यालय खोल्न दिन माग गरे । सरोकारवाला सँगको छलफल बिना विद्यालय बन्दको सूचना जारी गरिएको उनको गुनासो छ ।

उनले साना कक्षाका बाल बालिका लाई घरमै राखे पनि ६ देखि माथिका कक्षाहरू बिहानको समयमा सञ्चालन गर्नु पर्ने सुझाव दिए । नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल ले ३० गते पछि बिदाको विकल्प खोजिने बताएका प्रिन्सिपल फादर जोमन जेम्सले जानकारी दिए ।

Nabintech