३ जेष्ठ २०८१, बिहीबार
गणपति प्लाइउड उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु 


कोहलपुर नगरपालिका वडा नं १४ मा रहेको गणपति प्लाइउड उद्योग प्रालिमा कार्यरत एक मजदुरको करेन्ट लागेर ज्यान गएको छ ।

फ्याक्ट्रीमा काम गरि रहेकै अवस्थामा करेन्ट लागेर कोहलपुर ७ लखनावारका ५० बर्षिया हर भजन थारूको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले जानकारी दिए । आइतबार साँझ ६ः ३० बजे करेन्ट लागेर घाईते भएका थारू लाई उपचार गर्न लैजाँदै गर्दा बाटैमै मृत्यु भएको मृतकका आफन्तले जानकारी दिएका छन ।

मृतकको शव हाल भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको मृतकका छोरा किस मोहन थारूले जानकारी दिए । आइतबार साँझ नै हर भजनको मृत्यु भएको भएपनि सोमवार बिहान सम्म कम्पनी सञ्चालकहरू सम्पर्कमा समेत नआएको गुनासो छोरा किस मोहन ले गरे । प्याट्रिकले पर्याप्त सुरक्षा मापदण्ड नअपनाउदा बाबुको मृत्यु भएको भन्दै छोरा किस मोहनले क्षतिपुर्तिको माग समेत गरेका छन ।

Nabintech