२५ बैशाख २०८१, मंगलवार
मानखोलाको नदीजन्य पदार्थ उत्खनन् को लागी अमानतमा आफू अनुकुलका व्यक्तिलाई दिने तयारी , स्थानीयको विरोध


बैजनाथ गाउँपालिकाले आफु अनुकुलका व्यक्तिलाई नदीजन्य पर्दाथ उत्खनन् गर्न दिने तयारी गरेको भन्दै स्थानीयले विरोध जनाएका छन । बिना टेन्डर आफू अनुकुलका मानिस लाई अमानतका नाममा मान खोला दोहन गर्न दिने तयारी भई रहेको भन्दै बैजनाथ २ का स्थानीयले विरोध जनाएका हुन ।

गाँउपालिका अध्यक्ष प्रकाश शाहले आफू अनुकुलका मानिसहरूलाई खोला दोहनका लागी सार्वजनिक सूचना समेत ननिकालेर उत्खनन् गर्न दिने तयारी गरेको उनीहरूको आरोप छ । बैजनाथ २ मा पर्ने मानखोला को मकैबारीपहाडीपुर नाकाबाट नदीजन्य पर्दाथ उत्खनन गर्ने गरिएको छ । तर यस बर्ष सार्वजनिक सूचनावातावरणीय प्रभाव मूल्यांकन बिना नै सीमित व्यक्तिको स्वार्थका लागी खोला जिम्मा लगाउन लागिएको भन्दै बैजनाथ २ का शिव गुरुङले गुनासो गरे ।

विगतमा पनि बिभिन्न व्यक्तिहरूको मिलेमतोमा अवैध रुपमा खोलाको दोहन हुने गरेकोमा स्थानीयले बिरोध पछि रोकिएको थियो । रोकिएको दोहनलाई गाउँपालिका अध्यक्षले वैधानिकता दिन लागेको उनको आरोप छ । विगतमा मानखोला दोहन भएको भन्दै रोक्नका लागी स्थानियले पालिका घेराउ लगायतका विरोधका कार्यक्रमहरू समेत गरेका थिए ।

 

फाईल तस्विर :केही समय पहिले नदि दोहन बारे ध्यानाकर्षण गराउँदै स्थानीय 

वातावरणीय प्रभाव मूल्यांकन बिना नदि जन्य पदार्थ निकादा स्थानियको धाराहरूमा पानी सुक्ने , नदि कटान ,पहिरो लगायतका समस्याहरू सृजना हुने गरेको स्थानियको भनाई छ । बैजनाथ २ का वडा अध्यक्ष राजु रुचालले अमानतमा निश्चित व्यक्ति लाई खोला जिम्मा लगाउन लागेको बारे आफू लाई कुनै जानकारी नभएको बताए ।

सोही वडाका अध्यक्ष रहेका उनले वातावरणीय प्रभाव मूल्यांकन गरे नगरेको बारे आफु अनबिज्ञ रहेको समेत बताए । उनले मंगलबार कार्यपालिका बैठक रहेको जानकारी दिदै सो बाहेक अन्य कुनै जानकारी आफूलाई नभएको समेत बताए ।उनले स्थानीय बासिन्दाहरूको माग समेत सम्बोधन हुनेगरि प्रक्रिया सम्वत् तवरले मात्रै ठेक्का लागाउनु पर्ने धारणा राखे ।

बैजनाथ ५ का वडा अध्यक्ष देब बहादुर रावतले पनि अमानतमा खोला जिम्मा लगाउन लागेको बारे आफू अनबिज्ञ  रहेको बताए । उनले बिभिन्न व्यक्तिहरू बाट सो बारे आफूले जानकारी पाएको भएपनि पालिकाबाट सो बारे आधिकारिक जानकारी नआएको बताए । उनले प्रकृतिक श्रोत साधनको उचित सदुपयोग गर्नुपर्ने भएपनि कसै लाई अनुचित पाईदा लिने गरि काम गर्न नहुने धारणा राखे । अमानतमा ठेक्का दिदा ठेकेदार कम्पनीले ठुलो मात्रमा खोला दोहन गरि नदि जन्य पदार्थ उत्खनन गर्ने तर पालिकालाई न्यून आर्थिक फाइदा हुने भन्दै त्यसो गर्न नहुने बताए । अमानतमा ठेक्का दिन लागिएको विषयमा गाँउ पालिका अध्यक्ष संग बुझ्दा खोज्दा फोन उठिने

Nabintech