२६ बैशाख २०८१, बुधबार
माओवादी केन्द्र कोहलपुरको प्रचार अभियान तिब्र


कोहलपुर/नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुर नगर समितीले प्रचार अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि जनवर्गिाय संगठनको भेला, पार्टीको नगर तथा वडा र टोल समितीको बैठक भेला प्रशिक्षण कार्यक्रम भई रहेको माओवादी केन्द्र कोहलपुर नगर अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
आईतवार मात्रै कोहलपुर नगर समिति अन्र्तगत अगुवा प्रशिक्षण कार्यक्रम राखिएको खड्काले बताए । आईतवार माओवादी केन्द्रका प्रभावशाली नेता लिलामणी पोख्रेलल,भुमि सुधार मन्त्री सशी श्रेष्ठ , युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, माओवादी केन्द्रकी नेतृ पुर्ण कुमारी सुबेदी लागतले प्रशिक्षण दिने अध्यक्ष खड्काले जानकारी दिए ।
चुनावलाई लक्षित गर्दै जन भेटघाट र सुझाव संकलन कार्यक्रम सुरु गरिएको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानेले माओवादीले कोहलपुरको बिकास र कोहलपुरका पहुचको लागी खेलेको भुमिका र अवको बिकासको योजनाका बारेमा पनि जनतासंग अन्र्तक्रिया कार्यक्रम गर्ने बताए ।
नेता न्यौपानेले स्थानीय निर्वाचनका लागी चैत्र महिनाको अत्य सम्म उम्मेदवरको टुंगो लाग्ने जानकारी दिए ।
अधिकांस वडामा खुले वडा कार्यालय


स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै कोहलपुर नगरपालिका अधिकांस वडाहरुमा वडा कार्यालय स्थापना भई सकेको नगर अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
आईतवार मात्रै कोहलुर नगरपालिका वडा नं वडा नं १ र वडा नं ६ मा वडा कार्यालय स्थापना गरिएको अध्यक्ष खड्काले बताए ।

 

 

Nabintech