६ जेष्ठ २०८१, आईतवार
वितरणका लागी ठिक्क पारिएको सेनेटरी प्याड गुणस्तरहीन , फिर्ता पठाइयो 

कमसल कपास र लम्बाइ कम 



कोहलपुर नगरपालिकाले स्कुले छात्रालाई निशुल्क वितरणका लागी भन्दै खरिद गरेको सेनेटरी प्याड गुणस्तरहीन भएको पाइएको छ ।

गुणस्तरहित भएको आशंका पछि खरिद गरेको सेनेटरी प्याड परीक्षणका लागी गुण नियन्त्रण तथा नाप तौल विभाग काठमाण्डौ  पठाइएको थियो । परीक्षणका क्रममा प्याडमा प्रयोग हुने कपास १०० प्रतिशत हुनुपर्नेमा ३५ प्रतिशत मात्रै पाइएको छ भने प्याडको लम्बाइ २४ सेन्टिमिटर हुनुपर्नेमा २१ सेन्टिमिटर मात्रै पाइएको कोहलपुर नगरपालिकाकी उप प्रमुख संगीता सुबेदीले जानकारी दिइन् । कोहलपुर नगरपालिकाले टेन्डर प्रक्रिया मार्फत जस्मिन हाईजिन नामक सप्लायर्स मार्फत २७ लाख बराबरको सेनेटरी प्याड खरिद गरेको थियो ।

शिक्षा मन्त्रालयले तय गरेको मापदण्ड अनुसारको प्याड सप्लाईको लागी विज्ञापन गरिएको भएपनि स्याम्पलका रुपमा ल्याइएको सामाग्री र पछि दिइएको सामाग्री फरक पाइएको कोहलपुर नगरपालिका श्रोतले जानकारी दिएको छ । बाँड्नका लागी तयारी अवस्थामा रहेको भएपनि गुणस्तरीयता बारे प्रश्न उठे पछि परीक्षणका लागी पठाइएको थियो । कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल ले खरिद गरेका प्याडहरु गुणस्तरहीन भएको पाइएको पछि फिर्ता पठाइएको बताए ।

उनले अव आर्थिक वर्ष सकिन केही समय मात्रै बाँकी रहेकाले कसरी अगाडि बढने भन्ने बारे छलफल भई रहेको बताए । कोहलपुर नगर भित्रका विद्यालयहरूमा निशुल्क वितरणका लागी १ लाख ८ हजार प्याकेट सेनेटरी प्याड खरिद गरेको थियो । खरिद गरेर कोहलपुर नगरपालिकाको सभा हलमा झन्डै ३ महिना प्याडहरु गोदाम गरेर राखिएको थियो । कोहलपुर नगरपालिका उप प्रमुख सुबेदीले अव विद्यार्थी सङ्ख्याका आधारमा प्याड खरिदका लागी संवन्धीत विद्यालयमा रकम पठाइने बताईन

सो सेनेटरी प्याड गुणस्तरहीन भएको विषयमा  नेपाल रेकर्डले समाचार प्रकाशन गरेको थियो ।

यो पनि 

कोहलपुर नगरपालिकाले खरिद गरेको सेनेटरीप्याड गुणस्तरहीन भएको ‘आसंका’

 

Nabintech