१२ श्रावण २०८१, शनिबार
टिकाराम सुबेदीको स्मृतिमा बृहत साहित्यिक कार्यक्रम 


बाकेको कोहलपुरमा रहेको बालज्योती माध्यामिक विद्यालयले टिकाराम सुवेदीको स्मृति दिबस बृहत साहित्यिक कार्यक्रम गरि मनाएको छ । बालज्योती माध्यामिक विद्यालय कोहलपुरका संस्थापक टिकाराम ढकालको अवसान भएको आज १४ बर्ष पुरा भएको छ । तत्कालिन प्याव्सन केन्द्रिय उपाध्यक्ष, क्रिसा बाँकेका संयोजक तथा एमाले बाँकेका नेताका रुपमा रहेका स्व. टिकाराम सुवेदीलाई उनैले स्थापना गरेको वाल ज्योती माध्यामिक विद्यालयले प्रत्यक बर्ष उनको स्मृतीमा बिभिन्न कार्यक्रम गर्दै स्मरण गर्ने गरेको छ ।

सुबेदिको स्मृतिमा आज शनिवार अग्रज र अनुज एउटै मञ्चमा भन्ने स्लोगन सगित बृहत साहित्यिक कार्यक्रम सम्पन्न भएको हो । विद्यालयको प्रांगणमा आज बिहान आयोजित उक्त कार्यक्रममा वाल ज्योतीमा अध्यनरत सिता सारु मगर, आदर्श काफले, समि वोहरा, विपिन सिंह र उषा वलि तथा साहित्यकारहरु गजलतर्फ हुकम धडकन, मुक्तकतर्फ शान्ति अधिकारी, र कवितातर्फ हेम प्रकास मञ्जिलले साहित्यिक सिर्जनाहरु वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी एबं प्राज्ञ महानन्द ढकालले शैक्षिक, राजनैतिक एवं सामाजिक क्षेत्रमा सुवेदीको योगदान रहेको बताउदै उनले अवलम्वन गरेको बाटो र उनले जन्माएको शैक्षिक संस्थाले देशका सक्षम युवा र उर्जावान शक्ति निर्माणमा हरदम प्रयासरत रहनुपर्नेमा जोड दिए । कार्यक्रमका बिशिष्ट अतिथी कोहलपुर बाङ्गयका अध्यक्ष एबं साहित्यकार केशवराज सिग्देलले आफु र सुवेदीको आत्मिक सम्वन्ध भएको स्मरण गर्दै उनले सत्मार्गमा हिडन सिकाएको प्रति कृतज्ञता प्रकट गर्दै सुवदीले छोडेर गएका पदचापहरुलाई पछ्याउन सके सफल र सचेत नागरिक हुनसक्ने धारणा राखे ।

२०२० साल कार्तिक २३ गते स्याङ्‌जा जिल्लामा जन्मिएका सुवेदी २०४७ साल अघि राम जानकि माध्यामिक विद्यालयमा अध्यापन गराउदै आएका थिए । पछि सुवेदीले २०४७ सालमा आफनै नाममा वाल ज्योती अंग्रेजी माध्यामिक विद्यालय सञ्चालनमा ल्याउएका थिए । विद्यालयका संस्थापक लक्ष्मिदेवी सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल दामोदर पौडेलले टिकाराम सरको अभाव विद्यालयलाई मात्र नभएर सिंगो कोहलपुर र देशलाई भईरहेको औंल्याउदै प्याव्सनका केन्द्रिय उपाध्यक्ष समेत भईसकेका ब्यक्ति अहिले हामीमाझ भएको भए कोहलपुरको शैक्षिक अभियानले निकै फडको मारिसक्ने विश्वास ब्यक्त गरे ।

यस बर्ष सुवेदीको १४ औं स्मृती दिवसका अवसरमा बृहत साहित्यिक कार्यक्रम तथा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने क्रममा भोलि ६ र ७ गते बृहत स्वास्थ्य शिविरको आयोजना गरेर विद्यालयको नाम चिनाउन सफल आफना विद्यार्थी डक्टरहरुलाई सम्मानित भुमिका समेत प्रदान गर्ने कार्यक्रम तय भएको बिद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले जानकारी दिए ।

Nabintech