कोहलपुर/प्रधानमन्त्री कृषि यान्त्रीक परियोजना जिल्ला सञ्चालक समन्वय समिति बाँकेको जिल्ला संयोजकमा कोहलपुर क्षेत्रका अगुवा कृषक उदिराम वली चयन भएका छन । आइतबार सम्पन्न कृषकहरूको भेलाले वलीलाई अध्यक्षमा चयन गरेको हो ।
९ सदस्य समितिको सदस्यहरूमा क्रमश सिता थापा , सावित्री थारू , साहदत अलि बागवान , कृष्ण बिक्रम केसी , धर्मराज यादव , जागरुन निशा , अजय मौर्य र खुस्मादिन खाँ रहेका छन ।
प्रधानमन्त्री कृषि यन्त्रिक परियोजनाले बाँके जिल्लामा विगतमा धान खेती ,मकै जोनका रुपमा काम गर्दै आएकोमा यस वर्ष देखि तरकारी र प्याज खेतमा सपोर्ट गर्ने कार्यक्रम छ ।
बाँके जिल्लाको जानकी , डुडुवा , बैजनाथ , कोहलपुर र नेपालगन्ज उपमहानगर पालिकामा काम गर्दै आएको छ । परियोजनाले कृषक समुह , फर्म र सहकारीका लागी बिउ , सिचाई , कृर्षियन्त्र र टनेल खेतीमा साझेदारीमा सहयोग पुर्याउँदै आएको छ । समन्वय परिषदका संयोजक वलीले कृषकहरू लाई ५० प्रतिशत सहयोग गर्ने गरेको जानकारी दिए ।
वलीले प्रधानमन्त्री कृषि यन्त्रीक परियोजना जिल्ला सञ्चालक समन्वय समितिमा सूचिकृत भएका ९१ कृषक समुह , फर्म र सहकारीहरू कम्तीमा ५ कठा क्षेत्रफलमा खेती गर्ने जानकारी दिए ।तरकारी खेती मध्ये प्याज खेती अनिवार्य रहेको उनको भनाई छ ।
वली कोहलपुरमा रहेको कृषि उपज थोक बजार कोहलपुर ११ को अध्यक्ष हुन भने कोहलपुर ३ मा व्यवसायिक तरकारी खेती गर्दै आएका छन ।