कोहलपुर / मिडिया र विद्यार्थी सङ्गठनका नाममा कर्मचारी लाई अमानवीय व्यवहार भएको भन्दै कोहलपुर नगर पालिकाका कर्मचारीले कानुनी उपचार खोज्ने भएका छन ।
कोहलपुरको एक विद्यालयका शिक्षक र विद्यार्थीबीच म्यासेज र फोन कलमा भएको कुराकानिको विषयमा कानुनी उपचार खोज्नु पर्नेमा त्यसो नगरी कोहलपुर नगरपालिका र नगर शिक्षा तथा खेलकुद शाखाको अधिकार क्षेत्र भन्दा बाहिरको विषयमा शिक्षा शाखा प्रमुख राम बहादुर हमाल प्रति अमानवीय , अराजक एवं गैर कानुनी गतिविधि प्रति भर्त्सना गर्दै कानुनी उपचार खोजिने भएको हो ।
कोहलपुर नगरपालिकाका सम्पूर्ण कर्मचारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो जानकारी गराइएको हो ।
कोहलपुरको एक विद्यालयका शिक्षकले विद्यार्थीलाई बिभिन्न प्रलोभनमा परेर यौन हिंसा गर्न खोजेको विद्यार्थी सङ्गठनको आरोप छ ।
अनेरास्ववियुका केन्द्रीय सदस्य टोप राज जैसीले शिक्षकले विद्यार्थीलाइ यौन हिंसा गरेकाले कार्यवाहीका लागी दवाव दिइएको बताए ।
कोहलपुर बाट सञ्चालित साहारा खवर टिभी नामक विद्युतीय मिडियाका सञ्चालक हिमान्सु शाही लगायतको टोलीले अमानवीय व्यवहार गरेको कर्मचारीहरूको भनाई छ ।