१४ कार्तिक २०८१, बुधबार
कोहलपुरमा वृहत देउडा


कोहलपुरमा २ दिने वृहत देउडा खेल कार्यक्रमको आयोजना गरिएको छ । कर्णाली देउडा सांस्कृतिक समाजद्वारा वृहत देउडा खेल कार्यक्रमको आयोजना गरिएको हो ।
साबिकको कर्णालीका जिल्लामा मूल थलो भई हाल कोहलपुरमा बसोवास गर्दै आएका कर्णालीवासीको सहभागितामा देउडा खेल कार्यक्रम आयोजना गरिएको हो ।
बिभिन्न जिल्ला बाट कोहलपुर आएका स्थानीय तथा राष्ट्रिय कलाकारहरूले आफ्नो प्रस्तुती देखाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरि सिह कठायतले संस्कृति संरक्षण गर्नु पर्नेमा जोड दिए । कर्णाली बासिको देउडा मुख्य संस्कृति भएको भन्दै यसको संरक्षण गदै आँउदो पुस्तालाई समेत यस बारे जानकारी दिनु पर्ने बताए । उनले कोहलपुर लगायत बाँके जिल्लामा बसोवास गर्ने कर्णालीवासी लाई सङ्गठित भएर कला संस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा कोहलपुर नगर विकास समितका पूर्व अध्यक्ष एवं माओवादी केन्द्रका नेता अवराज खड्काले पनि कर्णालीका पहिचान भनेको देउडा भएको बताउँदै यस लाई संरक्षण गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा देउडा गीतका राष्ट्रिय कला सरिता शाही लगायतको उपस्थिति रहेको थियो । स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुती रहने कार्यक्रम भोलि सम्म चल्ने बताईएको छ

Nabintech