३ आश्विन २०८१, बिहीबार
संविधान दिवसमा अखिल (क्रान्तिकारी)को कोहलपुर चौराहामा दीप प्रज्वलन 


संविधान जारी भएको दिन अर्थात राष्ट्रिय दिवको अवसरमा अखिल क्रान्तिकारी बाँकेले कोहलपुरमा दीप प्रज्वलन गरेको छ । क्रान्तिकारीले कोहलपुर चौराहामा दीप प्रज्वलन गरेको हो ।
संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डेले संविधानले दिएका अधिकार जनताले अनुभूत गर्न नपाएको बताउँदै त्यसका लागी खबरदारी गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा अखिल क्रान्तिकारीका नेताहरू राजेन्द्र बिष्ट , महेश बस्नेत , सुनिल बटाला लगायतले पनि बोलेका थिए।  

Nabintech