२३ आश्विन २०८१, बुधबार
चाडपर्वलाई लक्षित गर्दै कोहलपुर बसपार्कमा यात्रु साहयता कक्ष


चाडपर्वमा यात्रुहरूलाई हुने सास्ती कम गर्न कोहलपुर बसपार्कमा यात्रु साहयता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडवाडमा यात्रुहरूको चाप बढ्ने भएकाले यात्रुहरूको सहजताका लागी कोहलपुर बसपार्कमा यात्रु साहयता कक्ष सञ्चालनमा ल्याइएको बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मन प्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार विजया दशमी शुभ दिपावली र छट पर्वको अवसरमा देश विदेश देखि घर फर्किने र जाने यात्रुहरूको यात्रालाई सहज बनाउन इलाका प्रहरी कार्यालय कोहलपुर , जिल्ला ट्राफिक कार्यालय कोहलपुर सँगको सहकार्यमा बसपार्कमा यात्रु साहयता कक्ष सञ्चालनमा ल्याइएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डि एस पि धर्मराज भण्डारीले प्रहरी सहितको यात्रु साहयता कक्षले यात्रुहरू ठगिने तथा बिभिन्न समस्या पर्न बाट जोगाउने बताए ।

Nabintech